गोरामुमो प्रतिनिधिहरूले भेट्यो खण्ड विकास अधिकारीः गऱ्यो एघाह्रवटा माग

सञ्जय निरौला/ बिजनबारी


गोर्खा राष्ट्रीय मुक्ति मोर्चा रिम्बिक लोधोमा पुल बिजनबारी तथा चुङथुङ समष्टिका प्रतिनिधिहरूले केन्द्रिय सदस्य तथा एचपीडब्लुयु सदस्य डीबी तामङको नेतृत्वमा खण्ड बिकास अधिकारी कौशिक व्यानर्जी दार्जीलिङ बिजनबारी खण्डलाई कार्यकक्षामा भेटी एघार सुत्रिय मागपत्र चढाएको छ।

ज्ञापनमा पहाडमा चाँडोभन्दा चाँडो दुई स्तरीय पञ्चायत चुनाव हुनपर्ने माग प्रमुख रहेको छ।

प्रतिनिधिहरूले रेसिडेन्सियल सर्टिफिकेटको फारममा १९५० भन्दा अघिको दस्तावेज मागिएकोमा गम्भीर आपत्ति गर्दै २३ अगस्ट १९८८ सालको सम्झौतापछि नै गोर्खा देशको खाँटी नागरिक रहेको खण्ड विकास अधिकारीलाई जनाए।

चियाबारी तथा बनबस्तीमा बसोबास गर्ने गरिब जनतालाई चाँडो भन्दा चाँडो पर्जा पट्टा वितरण गर्नुपर्ने, मजदुरी गरिखाने श्रमिकहरूले पट्टाबिना कसरी एपिएलको दर्जा पाएको हो भन्ने प्रश्न उठाउँदै तुरून्तै पट्टा बितरण अथवा विपिएलको सुविधा दिनुपर्ने,  चिया श्रमिकहरूमा निम्नतम रोजगार अधिनियम लागू गरिनुपर्ने माग पत्रमा उल्लेख च।

मट्टितेलको मूल्य सही निर्धारण हुनुपर्नेलगायत डिजिटल राशिन कार्ड तत्काल लागू गर्नुपर्ने तथा कार्ड नभएकका चाँडै बनाउनु पर्ने, वृद्धभत्ता, बिधवा भत्ता, अपाङ्ग भत्ता लगायतमा के कारणले उमेर पुगेका तथा गरिब  मानिसहरू यसमा थपिएको छैनन, त्यसमा चाँडो निगरानी गरिनुपर्ने, अनुसुचित जाति जनजाति तथा गरिबी रेखामुनिका परिवारलाई कृषि सरकारी भत्ता योजनामा यथाशीघ्र सामेल गराउनुपर्ने माग पनि ज्ञापनमा उल्लेख छ।

मनरेगा योजनामा २००७ देखि १०१७ सम्ममा जसरी अगणतान्त्रिक रूपमा जिटीए तथा सत्तामा रहेका पार्टीले चलाएर रूपियाँको दुरूपयोग गरेको अनि उप्रान्त यस्तो नहुनुपर्ने, पहाडमा खण्ड स्तरमा हुने काममा  सबैको सहभागी बराबर हुनुपर्नेजस्ता माग पनि गरिएको छ।

खण्ड बिकास अधिकारीले खण्डभरी हुने बिकास मुलक कार्यक्रममा जतिसक्दो आफै निगरानी राखिदिने, बिकास कार्यमा राजनीति नमिसाइदिने, ५ लाख भन्दा बडी रकमको काममा इ टेन्डर गराउने तथा यसभन्दा कम रकमको काममा योग्य ठेकादारको चुनाव गरी काम गराउने तथा काम योजनामुताबिक हुन नसके ठेकादार बद्ली गराउने, मनरेगाको समान सप्लाइर आउँदो बर्षदेखि दार्जीलिङ क्षेत्र, बिजनबारी क्षेत्र तथा रिम्बिक लोधोमा क्षेत्रमा विभाजन गर्नेजल्ता विषयमा माग गरिएको पुल बिजनबारी समष्टि सचिव सुरेन गुरूङले बताएका छन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन