लप्चुमा भलिबल फाइनलः कोल्बुङले हत्यायो विजयी प्रतीक

पेशोकः  लप्चु बजार दस माइल प्राथमिक पाठशाला प्राङ्गनमा रङ्गारङ सांस्कृतिक कार्यक्रम सँगै भलिबल खेलको फाइनल खेल सम्पन्न भयो। आयोजक समितिका मुख्य सदस्यद्वय अमर जैन अनि अजित वाईबाले दिएको जानकारी अनुसार दस माइल बजारको पुरानो गरिमालाई पुन: फर्काइ ल्याउन युवाहरूमा खेलप्रति उत्साह दिन उक्त खेल आयोजना गरिएको बताएका छन्।

पूर्व शिक्षक श्याम कुमार राई मुख्य अतिथि थिए भने भरत सिंग वाइबा, जेबी राई विशेष अतिथिको रूपमा उपस्थित थिए। खेल खुबै रोमाञ्चक भएको थियो भने धेरै टाडाबाट मानिसहरूको जमघट थियो। दुवै दलले धेरै परिश्रम गरे तापनि खेल बराबरीमा रहेको थियो भने वेस्ट अब फाइभमा हारजित भएन।

अन्तमा चुडान्त खेलमा २३ को विरूद्धमा २५ स्कोर गरेर कोल्बुङले लप्चुलाई पराजित गरेर टुर्नामेन्टको प्रतिक आफ्नो झोलीमा पाऱ्यो। पेशोक निवासी धिरज ब्लोन मुख्य निर्णायक रहेको उक्त फाइनल खेलका विजयी अनि उपविजयी दललाई नगद राशी १०,००० अनि ५००० वाङ्दी डुक्पाको बाहुलीबाट प्रदान गरियो।

मुख्य अतिथि अनि विशेष अतिथिहरूको बाहुलीबाट पारितोषिक प्रदान गरियो। सो अवधी आयोजक समितिका अन्य सदस्यहरूमा मनि गुरूङ, टाँसी डुक्पा, हर्गिस, संजोग रविदास, भुपेन छेत्री, साम्देन डुक्पा अनि छोरी निमा डुक्पा आदि उपस्थित रही सहयोग पुऱ्याएका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन