गोर्खाहरूको निम्ति भाजपानै महागद्दार

दार्जीलिङ, 14 नोभेम्बर।


गोर्खा जनमुक्ति मोर्चा चुङथुङ मेरीबुङ समष्टि नेता शरण लामाले गोर्खाहरूको लागि भाजपा (भारतीय जनता पार्टी)-नै महागद्दार प्रमाणित भएको आरोप लगाए। उनले भने-भाजपाले गोर्खा जनमुक्ति मोर्चालाई भड़्खालोमा हाल्ने चेष्टा गरेको थियो। गोजमुमोलाई आन्दोलन गर्नु भनेर चम्काउनेनै भाजपा हो, भाजपाकै आड़मा राज्य सरकारसँग झगड़ा गर्यौं, तर भाजपाले साथ दिएन। गोर्खाहरूको निम्ति महागद्दार पार्टीनै भाजपा हो, भाजपाले गोर्खालाई भोट ब्याङ्कबाहेक अरू केही सोचेको छैन भन्ने यसपाली स्पष्ट भएको पनि उनले आरोप लगाए।

गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रचार-प्रसार सचिव सन्दीप छेत्रीले बताएअनुसार, सालु चियाबारी चुङथुङ मेरीबुङ समष्टिमा पर्ने एक सानो शाखा हो। विकासको क्षेत्रबाट वञ्चित सालु चियाबारीको छुट्टै इतिहास छ। सालु चियाबारीमानै गोजमुमो अध्यक्ष विमल गुरूङको जन्म भएको यहाँका बासिन्दाहरूका भनाई छ।  विमलको पैत्रिक थलो सालुमानै विनय तामाङको समर्थनमा एक सभा भएको थियो, जसलाई सम्बोधन गर्दै समष्टि नेता शरण लामाले भाजपामाथि यस्तो आरोप लगाएका हुन्।

उनकै पहल अनि किशोर थापाको सभापतित्वमा यहाँ सभा भएको थियो, जसमा 2007-देखिनै पार्टीको निम्ति दिलोज्यान दिएर खट्ने सालु शाखाका कार्यकर्ताहरू सबै उपस्थित थिए। यसरीनै सालु शाखा श्रमिक संगठन सभापति चरण गुरूङले जनाएअनुसार, गणतान्त्रिक आन्दोलन, बौद्धिक आन्दोलन, संविधानको आधारमा आन्दोलन गरे मात्र गोर्खाल्यान्ड पाइन्छ। यसैले गोजमुमो नेता विनय तामाङ र अनित थापालाई आन्दोलनको निम्ति सहयोग गर्ने शाखा समितिले प्रतिवद्धता जाहेर गरेको छ।

सभालाई पार्टी केन्द्रिय सदस्य सुजिन राई, श्रमिक संगठन सभापति विधान राई आदिले पनि सम्बोधन गरेका थिए। यसरीनै गोजमुमो रामजी शाखा सभापति विनय छेत्रीको सभापतित्वमा पनि एक सभा भएको थियो। यस सभामा पनि शरण लामाले भाजपाले गोजमुमोलाई भड़खालोमा हाल्ने प्रयास गरेको आरोप लगाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन