विभिन्न ठाँउमा बाल दिवस पालनः सबैले नानीहरूसित मित्रता गाँस्नुपर्ने बाल सुरक्षा अभियानको आह्वान

कालेबुङ:

बाल सुरक्षा अभियानको चाइल्ड लाइन शाखाले आज कालेबुङमा छुट्टै प्रकारले बाल दिवस पालन गरेको छ। बाल दिवसको अवसर पारेर शुरू गरिएको उक्त कार्यक्रम सप्ताहव्यापी रहने भएको छ।

कालेबुङको मुटु मानिने डम्बरकोचमा आज बाल सुरक्षा अभियानको शाखा चाइल्ड लाइनका नानीहरूले बाटोमा हिँड्ने मानिसहरूलाई ‘चाइल्ड लाइन से दोस्ती’ लेखेको ब्याण्ड बाँध्ने कार्य गरेका थिए। उनीहरूले सम्पूर्ण मानिसहरूले नै वास्तवमा नानीहरूसँग मित्रता गाँस्नुपर्ने आह्वान गर्दै उक्त ब्याण्ड बाँधेका हुन। यसका साथै कुनै पनि ठाउँमा बाल बालिकाहरू सुरक्षित महशुस गर्न सक्नुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने समाजका हरेक तप्कामा मानिसहरूको जिम्मेवारी रहेको कारण ‘चाइल्ड लाइन से दोस्ती’ गर्नुपर्ने बाल सुरक्षा अभियानकी सिस्टर एलिसा राईले आह्वान गरिन्।

अर्कोतिर, फ्युचर टेक कालेबुङको आयोजनामा आज बाल दिवस पालन गरिएको छ। थाना डाँडा स्थित फ्युचर टेक कालेबुङको कार्यालयमा सम्पन्न भएको उक्त बाल दिवसमा कम्प्युटर प्रशिक्षण लिइरहेका विद्यार्थीवर्ग उपस्थित रहेका थिए। यस अवसरमा विशिष्ट अतिथिका रूपमा कालेबुङ टेलिभिजनका निर्देशक नरेन्द्र तामङ, हु केयर्सका एरोन योञ्जन आदि उपस्थित रहेका थिए। यस अवसरमा फ्युचर टेकबाट कम्प्युटर प्रशिक्षण गरेर उतिर्ण बनिसकेका विद्यार्थीवर्गले केक काटेका थिए भने प्रशिक्षण लिँदै आइरहेका विद्यार्थीवर्गलाई खदा लगएर सम्मान जनाइएको थियो। यस अवसरमा विशिष्ट अथिति नरेन्द्र तामङ, एरोन योञ्जन अनि फ्युचर टेकका निर्देशक सौरभ छेत्रीले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन