विश्व मधुमेह दिवस पालन

कालेबुङ:

दार्जीलिङ कृषि विज्ञान केन्द्र अनि कालेबुङ विज्ञान केन्द्रको संयुक्त आयोजनामा विश्व मधुमेह दिवस पालन गरिएको छ। कालेबुङ विज्ञान केन्द्रको प्रेक्षाग़ृहमा आयोजित विश्व मधुमेह दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा जिल्लापाल डा. विश्वनाथ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा रामलाल दाहाल उच्च विद्यालयका प्रधानाध्यापक पावल सिमिक रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ विद्यान केन्द्रका प्रमुख डा. बीबी गुरूङले स्वागत भाषण राखेका थिए।

कार्यक्रममा कालेबुङ जिल्ला अस्पतालका चिकित्सकवर्ग क्रमैले डा. सुनीलकुमार सिंह अनि डा. प्रसनजीत विश्वासले मधुमेह रोगमाथि वार्ता प्रस्तुत गरेका थिए। डा. सुनीलकुमार सिंहले होमियोप्याथीद्वारा मधुमेह रोगमा गरिने उपचारमाथि आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने डा. प्रसनजीत विश्वासले एलोप्याथीद्वारा मधुमेह रोगमा हुने रोकथाम अनि यस रोगद्वारा शरीरमा हुने नकरात्मक प्रभाव विषयमाथि जानकारी गराएका थिए। कार्यक्रममा हिमालयन योग संस्थानका योग एवं नेचरोप्याथी विशेषज्ञ डा. समिर घोषले योगा एवं प्राकृतिक चिकित्सा शास्त्रद्वारा मधुमेह रोग रोकथाममाथि वार्ता प्रस्तुत गरे।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दार्जिलिङ कृषि विज्ञान केन्द्रका सुब्रत मान्नाले जीवन कसरी रोगमुक्त बन्न सकिन्छ भन्ने विषयमाथि जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट मधुमेहरागीहरुको उपस्थिति रहेको थियो। यता मधुमेश दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जिल्लापाल डा. विश्वनाथले रोगमुक्त जीवन कसरी जीवन सकिन्छ भन्ने विषयमा मानिसहरू सचेत बन्न पर्ने आह्वान गरे।

अर्कोतर्फ यता बाल दिवसको अवसरमा कालेबुङ विज्ञान केन्द्रमा नवनिर्मित सेमी डाइनमिक न्युक्लियर मोडलको विधिवत उद्घाटन गरिएको छ। कालेबुङ जिल्लापाल डा. विश्वनाथले उक्त उद्घाटन गरेका हुन्। यसबारे केन्द्र प्रमुख डा. बीबी गुरूङले उक्त मोडल न्युक्लियर पावर प्लान्ट कर्पोरेसन अफ् इन्डिया, भारत सरकारद्वारा विद्यार्थीहरूमा न्युक्लियर एनर्जीमाथि अवगत गराउनका साथै उनीहरूलाई अध्ययन र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कालेबुङ साइन्स सेन्टरलाई प्रदान गरिएको जानकारी गराए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन