मत्स्य पालन प्रशिक्षण शिविर

कालेबुङ:

पश्चिम बङ्गाल सरकारको मत्स्य विभाग कालेबुङ खण्ड -1 को आयोजनामा चार दिवसीय मत्स्य पालन प्रशिक्षण शिविर सुरु भएको छ। तामङ गुम्बाको प्रेक्षागृहमा शुरु भएको उक्त चार दिवसीय प्रशिक्षण शिविरमा कालेबुङ खण्ड-1 का 40 जना मत्स्य पालकहरूले भाग लिएका छन्। यस अवसरमा माछा पालकहरूलाई प्रशिक्षण दिन आज मुख्य मत्स्य पालक विभागका अतिरिक्त निर्देशक आर.एफ लेप्चा उपस्थित रहेका थिए। यसका साथै विभागका मुख्य कार्यकारी अधिकारी सोनाम छेवाङ, खण्ड-1 की मत्स्य विभागीय अधिकारी मेघा लामा आदि उपस्थित रहेका थिए।

विशेष गरेर ग्रामीण क्षेत्रका माछा पालकहरूलाई स्वनीभर बन्नका निम्ति प्रोत्साहन प्रदान गर्न आयोजित उक्त प्रशिक्षण शिविरमा कस्ता प्रजातिका माछा पालन गर्नुपर्ने अनि कस्ता खाद्यन्नको प्रयोग गर्नु आवश्यक हुन्छ भन्ने जानकारी प्रदान गरिएको थियो। चार दिवसीय प्रशिक्षणपछि माछा पालकहरूलाई विभागले अझ प्रोत्साहन प्रदान गर्दै माछाका भुर्राहरू वितरण गर्ने भएको अतिरिक्त निर्देशक आर.एफ लेप्चाले जानकारी दिएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन