किशोर मेमोरियल स्कूलमा बाल दिवस

मिरिक:

थर्बु निगाले गॉंउको किशोर मेमोरियल स्कूलले आज विभिन्न कार्यक्रमको साथमा पण्डित जवहारलाल नेहरूको तस्वीरमा माल्यार्पण गर्दै बाल दिवस पालन गरियो। स्कूलका प्रचार्य रतन राईको अध्यक्षतामा भएको कार्यक्रममा थर्बु चियाकमानका मूलप्रबन्धक समीरकुमार गुप्त, प्रबन्धकहरू विकास छेत्री ,सुमन दास, सुरज राई, नसीम सेख, डाक्टर एके दास लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि, अभिभावक अनि विद्यार्थीहरू उपस्थित थिए।

स्कूलका पूर्व प्रचार्य स्वर्गीय हरीप्रसाद राई अनि संस्थापक आरबी राईको निधनमा दुई मिनट मौनधारण गरेपछि शुरू भएको कार्यक्रमको सञ्चाल शिक्षक अनि शिक्षिका रूपेस राई अनि सुनैना राईले गरेका थिए। कार्यक्रममा डाक्टर एके दासले स्वास्थ्य सम्बन्धी कसरी गर्ने विषयमा बिस्तृत जानकारी गराए अनि विभिन्न रोगहरूबाट बॉंच्ने उपाय बताए। तिनले आफू सफा बस्ने अनि वतावरणलाई पनि सफा बनाउने  आह्नान गरे।

मूल प्रबन्धक समीर कुमार गुप्तले पनि सफाई बस्नुको लाभबारे बताउँदै अन्य स्कूलहरूमा पनि यस्तो कार्यक्रम गरिने बताए। यस अवसरमा थर्बु कमानको पक्षबाट विद्यार्थीहरूलाई नेलकटर पनि प्रदान गरियो। विद्यार्थीहरूले गीत अनि नृत्य प्रस्तुत गरेको कार्यक्रममा प्राचार्य रतन राईले धन्यबाद ज्ञापन गर्दै यसपल्ट स्कूलमा नयाँ भर्नाहरूलाई भर्ना शुल्क नलिने अनि शैक्षिक विकासमा जोर दिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन