लप्चु पेशोक क्षेत्रमा विभिन्न शैक्षिक संस्थान र संस्थाहरूद्वारा बाल दिवस पालन

पेशोक:

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पं० जवाहरलाल नेहरुको जन्म जयन्ती बाल दिवसको रुपमा क्षेत्रका विभिन्न स्थानमा पालन गरियो।  स्थानीय लप्चु दस माईल बजारस्थित प्राथमिक विद्यालयका नानीहरुलाई पनि आज बाल दिवसको औचित्य बुझाउदै मिठाई वितरण गरिएयो । लामाहट्टा बाट दिइएको जानकारी अनुसार स्थानीय अङ्ग्रेजी विद्यालय पाइन्सल्याण्ड स्कूलले पनि बाल दिवस पालन गर्‍यो। यश बाल दिवसको अवसरमा विद्यालयले नानीहरुलाई बनभोजको आयोजना गराएको थियो भने प्रकृतिको मनोरम दृष्यको अवलोकन गराएका थिए।

यता हिल सोसियल वेलफेयर सोसाइटी ,कालेबुङ अधिनस्थ संचालित ननफर्मल एडुकेशन सेन्टरहरुमा पनि बाल दिवस सानो रुपमा मनाएको सह-संयोजिका अनुजा तामङ्ले दिएकी छिन् । तामङ्ले  भनिन् , विगत २०१० देखि यता लप्चु अनि पेशोकका जम्मा बाह्र वटा केन्द्रहरुमा सोसाइटीले नानीहरू माथि कार्य गर्दै आएको छ। आज बाल दिवस नानीहरुको निम्ति विशेष महत्व राख्दछ भने देशका नानीहरु भविष्यका कर्णधार हुन् ,यसैले यी नानीहरुको भविष्य बारे पुर्व प्रधानमन्त्री सचेत साथै चिन्तित भइ आफ्नो जन्म दिनलाई नानीहरुलाई समर्पित गरि सम्पूर्ण देशमा बाल दिवसको रुपमा पालन गरिने परम्परा थालिएको हो। आज प्रत्येक केन्द्रमा यही बाल दिवस बारे जानकरी गराइनका साथै बाल दिवस पालन गर्नुको औचित्य प्रष्ट पारिएको पनि सह-संयोजिका तामाङले बताइन् । अर्कोतिर लिट्टल प्याराडाइज अकादमीकी निर्देशिका बिद्या सुब्बाले आजको बाल दिवसको बिशेष अवसरमा सबै नानीहरुलाई बधाई दिए भने आफ्नो सन्देशमा पं० नेहरुको अनुशरण गरेर दयामयी,  करूणा ,अनि प्रेमको सन्देश वाहक बनी अघि बढ्ने अपील गरिन्। लप्चु दश माईल स्थित स्वीट् एञ्जेल्स अकादमीमा पनि बाल दिवस बारे अवगत गराइयो भने आज नै विश्व मघुमेय दिवस पनि परेकोले उक्त दिवस बारे पनि नानीहरुलाई जानकारी गराईयो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन