२४ को संसद मार्चलाई लिएर जीएसएसएसले राष्ट्रिय स्तरमा बनाउँदैछ जनसम्पर्क

दिल्लीः

गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति(जीएसएसएस) ले अहिले देशभरि नै जन सम्पर्क बनाइरहेको छ। अलग राज्य गोर्खाल्याण्डको मागमा 24 नोभेम्बरका दिन सासंद मार्चलाई लिएऱ जीएसएसएसले जनसम्पर्क बनाइरहेको हो। आजसम्म भएका आन्दोलनले गोर्खाल्याण्ड को मुद्दालाई माइकमा मात्रै राष्ट्रिय आन्दोलन र राष्ट्रिय मुद्दा भनिएको तर कार्यक्रम ले भने  क्षेत्रीय स्तरमा नै गरेको कारण गोर्खाल्याण्डको आन्दोलन बारम्बार क्षेत्रीय समाधानमा गएर टुङ्गिएको जीटीएसएसको भनाइ छ। यसर्थ अब आन्दोलन को पुरानो प्रारूप लाई त्यागेर नयाँ प्रकारले यो आन्दोलनलाई अघि लानुपर्ने सोच लिएऱ जीएसएसले 24 नोभम्बरका दिन सासंद मार्च गरिरहेको एउटा प्रेस विज्ञप्ति जारी गर्दै जीएसएसएसले जनाएको छ।

जीएसएसले जनाए अनुसार 24 नोभेम्बर संसद मार्च रहेको छ भने 25 मा अन्तक्रिया कार्यक्रम राखिएको छ। कार्यक्रमको निम्ति आह्वान गर्दै जीएसएसएस टोलीले विभिन्न राज्यहरूसित लागिपरेको विज्ञप्तिमा उल्लेख छ।

जीएसएसका महसाचिव विनिता लेप्चा, प्रवक्ता अञ्जनी शर्मा साथै केन्द्रिय समितिका सदस्य लाजिम तमाङ अनि योगेश दास उत्तरपूर्विय भ्रमणमा छन् भने 9 नोभेम्बर चाँदमारी, कोहीमा, नागाल्याण्ड को जीपीटीको हलमा नागाल्याण्ड गोर्खा एसोसिएसनद्वारा आयोजित कार्यक्रमबाट उक्त अभियान शुरू गरिएको थियो। यसरी नै विभिन्न ठाउँहरूसितै आज गोर्खाल्याण्ड समर्थन समन्वय समितिको आयोजनामा मिजोरमका नेपाली स्कूलमा कार्यक्रम सम्पन्न गरियो जो उक्त संस्थाका अध्यक्ष आइके सुब्बाको तप्तारतामा गरिएको थियो। आज को कार्यक्रममा प्रमुख वक्ता आइके सुब्बाले मिजोरमको मात्रै नभएर सम्पूर्ण उत्तरपूर्वि राज्यका गोर्खाहरू नै 24 को कार्यक्रमलाई लिएर उत्सुक रहेको बताए।  महासचिव बिनिता लेप्चा अनि प्रबक्ता अन्जनी शर्मासहितको उक्त चार सदस्सीय टोली 17 नोभेम्बरका दिन आसम मा पुग्ने छ भने गुवाहाटीस्थित पल्टन बजार को गोर्खा भवनमा सम्बोधन गर्ने विज्ञप्तिमा जनाइएको छ।

यसरी नै अर्को टोली लखनाउ पनि गएको थियो। जाहँ एउट कार्यक्रम आयोजना गरि.। कार्यक्रममा गोर्खाल्याण्डका शहीदहरूलाई स्मरण गरिएको विज्ञप्तिमा जनाइएको छ।  अर्कोतिर जीएसएसका अध्यक्ष किरण बिकेको नेतृत्वमा सदस्यीय टोली  देहरादुन, गोर्खाली सुधार सभामा कार्यक्रम गरेर दिल्ली फर्किएका छन्। किरण बिकेले 24 को कार्यक्रममा दार्जलिङ पहाडबाट लगायत देशभरिकागोर्खा समुदायलाई उपस्थित भइदिन आह्वान गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन