दिल्लीका गोर्खाली कार्यकर्ताले गरे कालेबुङका युवकको दाहसंस्कार

गान्तोक:

मुलुकको राजधानी दिल्लीमा बसोबास गर्ने गोर्खाहरूले कालेबुङका मृतकको क्रिया कर्म भर्खरै गरेको जानकारी पाइएको छ। दिल्ली, मायापुरी थानाका प्रमुख, सन्जीव कुमारले चार दिन पहिला त्यस क्षेत्रको एउटा पेर्कमा अज्ञात गोर्खाको मृत शरीर फेला परेको जानकारी गोर्खा सामाजिक कार्यकर्ताहरूलाई दिएका थिए। पुलिस र स्थानीय गोर्खा समुदायको निकै प्रयासपछि मृतक व्यक्ति कालेबुङ जिल्लाको तादुङ्ग्चेन, प्रधान गाउँ, सिन्देबुङ निवासी बीरबहादुर छेत्रीका 35 वर्षीय छोरा बीरेन्द्र छेत्रीको रुपमा चिन्हित भयो।

पुलिस अनि गोर्खा सामाजिक कार्यकर्ताहरूले उनको परिवारमा सम्पर्क गर्दा घर आर्थिक अवस्था कमजोरी भएको कारण दिल्ली पुगेर मृतकलाई जन्मस्थान लैजान नसक्ने अवस्था थियो। यसकारण परिवारले उसको अन्तिम क्रिया दिल्लीमा नै गोर्खा हिन्दु संस्कारमा गरिदिने अनुरोध गरेको थियो। यही क्रममा मायापुरी थानाले कानूनी प्रक्रिया गरिदिएपछि मुख्यरुप गोर्खा कार्यकर्ताहरू सङ्गीता लिम्बू, चन्द्र गुरूङ, टाशी भोटिया, युग गुरूङ, बिना लामिछाने, डोनाल्ड गहतराज, मणिकुमार छेत्री, बन्दना राई अनि अन्यको सक्रियताले बीरेन्द्र छेत्रीको शवलाई सुभाष नगर शमशान भूमिमा अन्तिम संस्कार गरियो।

यस कार्यमा आफ्नो कर्तव्य इमान्दारितापूर्वक निभाएकोमा मायापुरी थानालाई गोर्खा सामाजिक कार्यकर्ताहरूले कृतज्ञता प्रकट गरेका छन् । स्मरण रहोस् , बीरेन्द्र छेत्री 2001 मा कालेबुङ्गबाट दिल्ली आएका थिए। तर उसले 17 वर्षको लामो अवधिमा न त घरमा सम्पर्क गरेका थिए, न त घरै पुगेका थिए। घटनालाई ध्यानमा राखेर सामाजिक कार्यकर्ताहरूले अनुरोध गरेका छन् , यसरी कोही पनि गोर्खाहरू, कतैबाट पनि पढ्न, रोजगार अनि कुनै पनि काम लिएर दिल्ली आउछन् भने आफ्नो परिवारसित निरन्तर सम्पर्कमा रहने गर्नुपर्छ। यसका साथै दिल्लीका आफ्ना जातीय सहोदर र गोर्खाली कार्यकर्ताहरूसित सम्पर्कमा रहुने आग्रह गरेका छन्। गोर्खा कार्यकर्ताहरूले सहयोगको लागि 24 घन्टै तत्पर अनि सक्रिय रहने भएको हुनाले आपतमा परेका आफ्ना जातीय सहोदरहरूको सहयोग गर्ने पनि बताएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन