मिरिकमा चांडै विमलपन्थी गोजमुमोले जनसभा गर्नेः 90 प्रतिशत जनता विमल गुरुङको साथमा रहेको दावी

मिरिक:

मिरिक महकुमाको चारवटा समष्टिलाई लिएर शीघ्रै एउटा विराट जनसभाको आयोजना गरिने गोजमुमो सौरेनी समष्टिका महासचिव पूर्णसिंह राईले बताएका छन् । जनसभाको मिति र स्थान केही दिनमा घोषणा गरिने बताउँदै प्रमुख वक्ताको खुलासा पनि पछि नै गरिने उनले बताए। हाल पनि नब्बे प्रतिशत जनता विमल गुरुङको साथमा रहेको दावी गर्दै राईले एक यात्रा एक लक्ष्यको अभियान केवल गोर्खाल्याण्ड भएर मात्र पुरा हुने बताए।

खाँट्टी , आट्टी र ईमान्दार जनता अझै पनि विमल गुरेङको साथ र गोर्खाल्याण्डको आशमा छन् भन्दै गोर्खाहरूको चन्द्रमा दाहिने हुने दिन अब आइसकेको बताए। बङ्गाल बीजेपी र दिल्ली बीजेपीले जनता बिमल गुरुङको साथमा रहेको बुझिसकेको दावी गर्दै असत्यलाई सत्यले अवश्यै जित्ने उनले बताए। उनले सम्पूर्ण शाखा-प्रशाखालाई निडर भएर बसिदिने आह्वान गर्दै जनसभापछि पहाडको आकाशमा लागेको कालो बादल हटेर जाने दावी समेत गरेका छन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन