पोख्रेबुङ नागरी क्षेत्रमा मनाइयो बाल दिवस

नागरीः

पोख्रेबुङ नागरी क्षेत्रका सरकारी एवं निजी शैक्षिक केन्द्रहरूमा बाल दिवस पालन गरियो। यसै क्रममा नागरी फार्मको रोजरियम माउण्टेश्वरी बेस्ड प्री. स्कूलका प्राचार्य कमला राई एवं सातजना सम्पूर्ण शिक्षणकर्मीले प्री. नर्सरीदेखि पहिलो कक्षासम्मका ६३ जना विद्यार्थीलाई लिएर सांस्कृतिक एवं खेलकूदका विभिन्न कार्यक्रम समावेश गरी बालदिवस पालन गरे। कार्यक्रमको प्रथम चरणमा देशका प्रधानमन्त्री जवाहारलाल नेहरू अनि सरस्वती माताको प्रतिकृतिमा दीप प्रज्ज्वलन एवं माल्यर्पण गरिएको थियो। प्राचार्य कमला राईले पण्डित नेहरूको व्यक्तित्वमाथि वार्ता राख्दै बाल दिवस पालन गर्नुको औचित्य प्रष्ट पारिन्।

यस अवसरमा विभिन्न कक्षाका नानीहरूमाझ दौड़, नृत्य, म्यूजिकल चियर, मुखले मिठाई खाने, बलुन पासिङ लगायतका प्रस्तुती राखिएको थियो। यसरी नै पोख्रेबुङ स्थित अङ्ग्रेजी विद्यालय अर्किड भ्यालीमा पनि बाल दिवसको अवसरमा स्पोर्टस मीट कार्यक्रम आयोजना गरियो। मगरजोङ जुनियर हाईस्कूल युनिट टुका विद्यार्थीलाई राङभाङ पर्यटन केन्द्रको परिभ्रमण गराएर बाल दिवस पालन गरियो। यङ्कर्स एकाडेमी नागरी फार्मले विद्यार्थीलाई भ्रमण गराएको देखियो। यता नागरी फार्म प्राथमिक पाठशाला, जुक्तिमान प्राथमिक पाठशाला, मोडल इङ्लिस सेकेण्डेरी स्कूल आदिमा पनि  बाल दिवस पालन गरिएको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन