105 बन्दले चियाबारीको अवस्था सोचनीयः नागरी फार्म चियाबारीमा हुँदैछ सफाई अभियान

नागरीः

विगत आइतबारदेखि नागरी फार्म चियाबारीमा शुरू भएको चियाकमान सफा गरौँ अभियान यस सप्ताह पनि जारी रह्यो। लामो बन्दपछि कुरोघारी अनि अन्य घाँसपात र झोड़ीले छोपेर सोचनीय बनाएको चियाको बोटलाई व्यवस्थित गर्ने जमर्कोमा शुरू गरिएको यस अभियानको दोस्रो प्रकरणमा पनि वर्कर, ननवर्कर, चिया कारखाना, बञलो, पानी आदिका कर्मचारी, कमानका चालक, विभिन्न सामाजिक सङ्घ-संस्थाका कार्यकर्ता एवं समाजसेवी मानिसहरूको बाक्लो उपस्थिति थियो।

बगान सफाईको काम सकिनसाथ शुरू हुने वर्षायाममा लगभग सम्पूर्ण सेक्सनमा धेरै सङ्ख्यामा उन्नत प्रजातिका रूखका बिरूवाहरू रोप्ने कार्यको थालनी गरिने मुन्सी बीके प्रधानले जानकारी दिएका छन् |

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन