ग्रामीण पर्यटनलाई प्रोत्साहित गर्दै लामागाउँ होम स्टे


सञ्जय निरौला/बिजनबारी:
“जाँगरीको मुखमा माछा र मासु अल्छीको आखामा आँसु”-भन्ने उक्ति बिजनबारी बजारदेखि लगभग १० किलोमीटरको दुरिमा रहेको प्रगतिशील गाउँको नाम हो लामागाउँ। जहाँ रहेको छ बेरोजगारहरुको निम्ति प्रोत्साहित गर्ने लामागाउँ होम स्टे।
बर्ष २०१४ सालमा आफ्नै घरको कोठामै शुरुआत गरेको उक्त होम स्टे आज क्षेत्रमा नै उदाहरण बनेको छ। स्थानीय बिशेश सुब्बाले आफ्नो लगानीमा उक्त होम स्टेको निर्माण गरेका हुन। एकपटकमा लगभग २० जनाले बस्न सक्ने प्रबन्ध भएको उक्त होम स्टेमा हालसम्म विभिन्न देशका पर्यटकहरू आइसकेका छन् जसमा मुख्यतः शिक्षा हासिल गर्ने थाहा लागेको छ। विशेषरूपमा ट्राइबल गाउँ भएकोले यहाँको स्थानीय लोक संस्कृतिलाई हेर्न तथा यसको खोजबारे पर्यटकहरुले रूचाउने तथा गाँउले वातावरण मनपराएर आउने गरेका छन पर्यटकहरु भने यस होम स्टेको मार्ग भएर सिहलिला राष्ट्रिय आर्यण्य टङ्लु जोरपोखरी हुँदै धोद्रे भएर जाने गर्छन्। हालमा दिनहरूमा रिम्बिक भएर जाने पर्यटकहरु पनि आउने गरेका छन्।
आजका युवाहरूलाई नोकरीमुखी हुनको सट्टामा आफैले गर्न खोजेमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन बिशेश सुब्बा।
‘हामी केवल अर्कोमा भर पर्ने बानी छोडेर आफै उद्ममी बन्ने बानी बसाउनुपर्छ’-उनी भन्छन्, ‘पहाडमा देश-विदेशका विभिन्न स्थानहरूबाट मानिसहरू आउन रूचाउछन्। ग्रामीण पर्यटनलाई विकसित गर्नसके यसैबाट धेरैको रोजगार बन्नसक्छ।’
युवाहरूलाई उद्यमी बन्ने सुझाउन दिँदै उनले आफ्नो एउटा होम-स्टेबाट अरू तीनजनाले रोजगार पाउन सकिरहेको बताए।
याद रहोस् ८० को दशकसित अन्यन्त दुर्गम मानिने यस क्षेत्रमा 2000 सालेदखि ग्रामीण पर्यटनको कारण बिजनबारी खण्डकै उदाहरणीय क्षेत्र बन्दै आइरहेको छ। गाउँका धेरै युवाहरू ग्रामीण पर्यटनसित जोडिएर स्वालम्बी बनिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन