नेहुर बालासन प्राथमिक पाठशालामा बाल दिवस विभिन्न खेलकुद कार्यक्रमसहित पालन

खरसाङ:

सोनादा सर्कल अन्तर्गत नेहुर बालासन प्राथमिक पाठशालामा विभिन्न खेलकुद कार्यक्रमसहित बाल दिवस पालन गरियो।शिक्षक राजीव राईद्वारा सञ्चालन गरिएको कार्यक्रमको शुरुमा सह शिक्षक चिराग राई अनि सह शिक्षिका प्रतिमा राईद्वारा पण्डित जवाहरलाल नेहरुको तस्वीरमा दीप प्रज्वलन अनि माल्यार्पण गरियो। कार्यक्रममा प्रधान शिक्षिका रञ्जु तामाङले बाल दिवस विषयमा विस्तृत रुपमा बताइन्।

कार्यक्रममा नेहुर बालासन प्राथमिक पाठशालाका पहिलो कक्षादेखि चौथो कक्षासम्मका नानीहरुलाई लिएर विभिन्न खेलकुदहरु खेलाइयो। यसमा चम्ची सन्तुलन,आलु दौड,सांगीतिक खेलकुद, किताब सन्तुलन, चित्र बनाऊ अनि देखाऊ जस्ता खेलकुदहरु आयोजना गरिएको थियो।यी खेलकुद कार्यक्रममा विजयी हुनेहरूलाई प्रोत्साहन गर्दै स्कूल पक्षबाट पारितोषिकको रुपमा खाता, पेन्सिल , मिठाई, बिस्कुट पनि वितरण गरियो।यस खेलकुद कार्यक्रममा निर्णायकको रुपमा सह शिक्षक राजीव त्रिखत्री थिए भनी सह शिक्षिका रजनी निरौलाले जानकारी दिएकी छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन