एमएसके बन्नेछ उच्च विद्यालय?

विज्ञापन

5 मई कलकत्तामा सङ्गोष्ठी


  • मोहन लामा, दार्जीलिङ, 3 मई/2017

अब आठौं श्रेणीसम्म सीमित रहेको यस एमएसकेलाई नवौं र दशौं श्रेणीसम्म बढ़ोत्तरी गर्ने राज्य सरकारले तय गरिसकेको पनि उनले बताए अर्थात अब एमएसके उच्च विद्यालयको रूपमा बढ़ोत्तरी हुने लगभग निश्‍चित रहेको छ।


आगामी 5 मईको दिन कलकत्तामा दार्जीलिङ पहाड़का साथै राज्यभरिका एमएसके (माध्यमिक शिक्षा केन्द्र) अनि एसएसके (शिशु शिक्षा केन्द्र)-का शिक्षक-शिक्षिकावर्गलाई लिएर राज्यले एक सङ्गोष्ठीको आयोजना गर्ने निर्णय लिएको छ। जसमा माध्यमिक शिक्षा केन्द्र दार्जीलिङ र कालेबुङ जिल्लाबाट मोठ 9 जना कार्यकर्ताहरूले भाग लिने भएको एमएसके शिक्षक सङ्गठनका महासचिव छत्रसिंह निरौलाले जानकारी गराएका छन्।

उनले भने-दार्जीलिङ पहाड़मा सन् 2003-देखिनै एक परियोजनाको रूपमा एमएसकेको शुरूआत भएको थियो, जसलाई 2009-मा ग्रामीण उन्नयन विभागमा हस्तान्तरण गरिएको थियो। अब आठौं श्रेणीसम्म सीमित रहेको यस एमएसकेलाई नवौं र दशौं श्रेणीसम्म बढ़ोत्तरी गर्ने राज्य सरकारले तय गरिसकेको पनि उनले बताए अर्थात अब एमएसके उच्च विद्यालयको रूपमा बढ़ोत्तरी हुने लगभग निश्‍चित रहेको छ।

उनले भने-राज्यले आठौं श्रेणीसम्म रहेको एमएसकेलाई उच्च माध्यमिक विद्यालयको रूपमा मान्यता दिने तय गरिसकेको छ, यसै विषय लिएरनै आगामी 5 मईको दिन कलकत्तामा एक सङ्गोष्ठीको आयोजना हुने भएको छ। जसमा राज्यका चारजना शीर्ष मन्त्रीका साथै मुख्यमन्त्रीसमेत उपस्थित हुने जानकारी पाइएको उनले बताए।

यसका साथै दार्जीलिङ पहाड़का मोठ 67 वटा एमएसकेका लगभग 500 जना शिक्षक-शिक्षिकाहरुले धेरै समयदेखि भोग्दै आइरहेका विविध समस्या विषय लिएर पनि सङ्गठनले गत केही सप्ताहअघि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई एक ज्ञापन पेश गरेको थियो, जसमाथि छलफल गर्नको लागिनै सम्भवतः मुख्यमन्त्रीको निर्देशमा आगामी 5 मईको दिन संगोष्ठीको आयोजना गरिएको हो।

हाल दार्जीलिङ पहाड़का 67 वटा एमएसकेमा लगभग 6,700 विद्यार्थीहरु अध्ययनरत छन् भने यी शैक्षिक संस्थानहरुमा 64 जना स्वयंसेवी शिक्षकवर्ग पनि कार्यरत छन्। निरौलाले भने-यदि दार्जीलिङ पहाड़का एमएसकेहरुले उच्च विद्यालयको दर्जा पाए यी विद्यालयहरुमा धेरै शिक्षक-शिक्षिकाहरुको नियुक्ति पनि हुनेछ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया