
- दीपमिलन प्रधान, मिरिक/3 मई/2017
केन्द्र सरकारले पनि बिजेपीको घटकद्ल भएको नातामा राज्य निर्माण, ११ वटा जात गोष्ठीलाई जनजातिको दर्जा दिने दिशामामा कार्य गरिरहेको छ।
गोजमुमोका केन्द्रीय प्रवक्ता आर. मोक्तानले आज मिरिकमा सञ्चारमध्यम सित कुराकानी गर्दै पहाड को चारैवटा नगरपालिका चुनावमा गोजमुमोको जित निश्चित रहेको दाबी गरेका छन्। नगरपालिका चुनावबाट गोर्खाल्यान्ड राज्य प्राप्तिको निम्ति कति मेनडेट छ्न् भन्नेबारे स्पष्ट हुने बताउँदै दार्जीलिङ, मिरिक खरसाङ अनि कालेबुङ नगरपालिकामा जनताले भारी मत दिएर जिताउने आफू आशावादी रहेको बताएका छन्।
गोजमुमो प्रमुख बिमल गुरुङसित मिरिक आएका मोक्तानले गोजमुमो गोर्खाल्यान्डको निम्ति प्रतिबद्ध रहेको र केन्द्र सरकारले पनि बिजेपीको घटकद्ल भएको नातामा राज्य निर्माण, ११ वटा जात गोष्ठीलाई जनजातिको दर्जा दिने दिशामामा कार्य गरिरहेको बताएका छन्।