कोड अफ् कन्डक्ट-मा मोर्चाले पैसा बाँड़ेको आरोप

विज्ञापन

  • दीपमिलन प्रधान, मिरिक/3 मई/2017

विभिन्न वार्डका नागरिकहरूले “कोड अफ कन्डक्ट जारी रहेको बेला पैसा बाँड्न पाउँदैन “, “ममता  ब्यनार्जी जिन्दावाद”,  जस्ता नारा लगाए।


 

कोड अफ् कन्डक्ट लागू भएता पनि गोजमुमोले नगरपालिका चुनावको मुखैमा मिरिक नगरपालिकाको कतिपय वार्डमा हाम्रो घर योजनाको चेक वितरण गरेको तथा गोजमुमो नेताहरू सरकारी भवनतिर बस्ने गरेको आरोप लगाउदै आज हिल टिएमसी मिरिक महकुमा समितीले मिरिक महकुमा कार्यालय अधिकारीलाई ज्ञापन दिएको छ।

यस आशयको जानकारी दिँदै पार्टीका महकुमा अध्यक्ष अनिल छेत्रीले नगरपालिका चुनावको समयमा तथा आचार सहिता लागु भएको बेला गोजमुमोले कानुन उल्लङ्घन  गरेकोले गर्दा नै महकुमा शासकलाई ज्ञापन दिएको बताए।

आज बिहान महकुमा कार्यालय परिसरमा  नगरपालिकाका विभिन्न वार्डका नागरिकहरूले “कोड अफ कन्डक्ट जारी रहेको बेला पैसा बाँड्न पाउँदैन “, “ममता  ब्यनार्जी जिन्दावाद”,  जस्ता नारा लगाएका थिए। आज महकुमा शासकको निर्देशमा मिरिकका सरकारी कार्यालयहरु खाली गरिएको जानकारी प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया