स्टार प्रचारकहरूको कुनै आवश्यकता छैन

विज्ञापन

मिरिकमा प्रचार गर्न राजेन नै काफीः तृणमूल


  • मोहन लामा, दार्जीलिङ,  3 मई/2017

मिरिकमा युवा तृणमूल कङ्ग्रेसका अध्यक्ष अभिषेक व्यानर्जी,  राज्यका पीडब्लुडी मन्त्री अरूप विश्‍वास, पर्यटन मन्त्री गौतम देव आदिले चुनाउ प्रचार गर्ने कुनै आवश्यकता नै छैन।


 

दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस मिरिक नगरपालिकामा आफ्नो जीत निश्‍चित छ भन्ने विषयमा पूर्ण आशावादी छ। यसैले मिरिक नगरपालिका क्षेत्रमा चुनाउ प्रचार गर्न राज्यका मन्त्री,  सांसद अनि वरिष्ठ नेताहरूको कुनै आवश्यकता नरहेको पार्टीको सोंच छ। यसबारे दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका कार्यकारी अध्यक्ष एनबी खवासले भने- मिरिक नगरपालिका क्षेत्रमा चुनाउ प्रचार गर्न हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष राजेन मुखियानै काफी छन्।

मिरिकमा युवा तृणमूल कङ्ग्रेसका अध्यक्ष अभिषेक व्यानर्जी,  राज्यका पीडब्लुडी मन्त्री अरूप विश्‍वास, पर्यटन मन्त्री गौतम देव आदिले चुनाउ प्रचार गर्ने कुनै आवश्यकता नै छैन। उनले पूर्ण विश्वासका साथ यस्तो बयान दिएका छन्। आगामी 5 मईको दिन चुनाउ प्रचार गर्नको लागि दा

एनबी खवास

र्जीलिङमा तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष अभिषेक व्यानर्जी आउने अनि उनले यहाँको मोटर स्ट्याण्डमा एक चुनावी जनसभालाई सम्बोधन गर्ने क्रमबीच नै सोधिएको प्रश्नको उत्तरमा खवासले मिरिकमा पार्टीका स्टार प्रचारकहरूको कुनै आवश्यकता नरहेको बताए।

उनले बताएअनुसार, 5 मईको दिन दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले यहाँको मोटर स्ट्याण्डमा एक जनसभाको आयोजना गर्ने तय गरेको छ, जसअघि पार्टीले यहाँको सिंहमारी,  रेलवे स्टेशन,  मङ्गलपुरी, भोटे बस्ती आदि इलाकाबाट एकै समयमा जुलूस निकाल्ने पनि योजना बनाएको छ। जसमध्ये रेलवे स्टेशनबाट शुरू गरिने जुलूसमा अभिषेक व्यानर्जीले पनि भाग लिने भएको खवासले बताए।

उनले भने-दार्जीलिङ, खरसाङ अनि कालेबुङमा राज्यका नगर विकास मन्त्री फिरहाद हाकिम, पीडब्लुडी मन्त्री अरूप विश्वास, पर्यटन मन्त्री गौतम देव, पार्टीका महासचिव सुब्रतो बक्शीका साथै अभिषेक व्यानर्जी चुनाउ प्रचारको लागि आउनेछन्। जसमध्ये गौतम देव हिजोदेखिनै दार्जीलिङमा छन्।

दार्जीलिङ पहाड़मा भइरहेको यस नगरपालिका चुनाउलाई तृणमूल कंग्रेसले गम्भीर मानेको कारणनै राज्यका यी शीर्षस्थ मन्त्री एवं पार्टी नेतृत्वहरु पहाड़मा चुनाउ प्रचार गर्न आउने भएका हुन्। ताकि पहाड़का नगरपालिकाहरुमा तृणमूल कङ्ग्रेसको बोर्ड गठन गरेर पहाड़का चारै नगरपालिका क्षेत्रमा व्यापक विकासको मूल फुटाउन सकौं भन्ने तृणमूल कङ्ग्रेसको चाहना छ।

यसैबीच, गोजमुमोले आफ्नो चुनावी घोषणा पत्रमा चौरास्ता परिसरमा कुनै पनि राजनैतिक वा सरकारी कार्यक्रमहरुको आयोजना गर्न प्रतिबन्ध लगाउने विषयमा पनि नगरपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरेको विषयबारे सोध्दा खवासले भने-गोर्खा जनमुक्ति मोर्चाले मुख्यमन्त्रीको दार्जीलिङ भ्रमणमा बाधा दिने उद्देश्यले मात्रै यसप्रकारको नियम लागू गर्ने योजना बनाएको हो। किनभने,  राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङ आएपछि उनले विशेष चौरास्ता परिसरमानै विभिन्न कार्यक्रमहरु गर्ने गरेकी छन्। यसैबीच, उनले आगामी 5 मईको चुनावी जनसभामा गोरामुमोका अध्यक्ष मन घिसिङलाई पनि निमन्त्रणा गर्ने विषयमा सोध्दा उनले यसबारे प्रयास गरिने बताए।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया