भोलि राज्यसितको वार्तामा जाप नजाने, वार्ताको उद्देश्य डाइभर्ट भइसकेको आरोप

कालेबुङ: 20 नोभेम्बर।

मङ्गलबार भइरहेको राज्यसितको वार्तामा बोलावट आए तापनि जन आन्दोलन पार्टीले भने वार्तामा सहभागिता नजनाउने भएको छ।

“यसपालीको वार्तामा पनि हामी सहभागिता जनाउँदैनौं किनकी वार्ताको शुरूवात गोर्खाल्याण्ड राज्य गठनको निम्ति त्रिपक्षीय वार्ताको ढोका खुलाउन गरिएको थियो। द्वीपक्षीय वार्ता जुन उद्देश्यको निम्ति शुरू गरिएको थियो त्यो नभएर जीटीए, हिल डेभलोपमेन्ट काउन्सिल जस्ता व्यवस्थाहरू प्रति द्वीपक्षीय वार्ताको उद्देश्य डाइभर्ट भएकाले हामी 21को वार्तामा नजाने भएका हौं”-पार्टीका प्रवक्ता टाँसी शेर्पाले यसरी वार्तामा नजानुको कारणबारे स्पष्ट पारे।

उनले बताएअनुसार गोर्खाल्याण्ड राज्य गठनको निम्ति जीएमसीसी(गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी) ले केन्द्रलाई त्रिपक्षीय वार्ता डाक्न अनुरोध गरेपछि केन्द्रबाट गृहमन्त्री राजनाथ सिंहले द्वीपक्षीय वार्ता नगरी त्रिपक्षीय वार्ता गराउन नसकिने जनाएपछि नै द्वीपक्षीय वार्ताको शुरूवात भएको थियो। तथापि जुन उद्देश्य लिएर द्वीपक्षीय वार्ताको शुरूवात गरिएको थियो त्यो अहिले डाइभर्ट भइसकेको शेर्पाले बताए।

“द्वीपक्षीय वार्तामा नभएर कतिवटा डिसिसन त बाहिर बैठक गरेर लिइने गरिन्छ। त्यहिँ निर्णय पछिबाट थोप्ने कार्य अघिबाटै भइसकेको छ। यसको एउटा उदाहरण बोर्ड अफ एडमिनिष्ट्रेसन पनि हो। यहिँ कारण पनि हामी वार्तामा सहभागी बन्न चाहँदैनौं”- उनले अझ भने।

वार्तामा आफूहरू नगए तापनि सहभागिता जनाउनेहरूले गोर्खाल्याण्ड राज्य गठनको निम्ति अघि बड्न त्रिपक्षीय वार्ता गराइनुपर्ने कुरामा जोड दिउन् भन्ने सुझाव शेर्पाले दिए। जनताको इच्छा-आकांक्षालाई मध्यनजर राखेर वार्तामा सहभागिता जनाउनेहरूले कुरा राखुन, 13 जना शहीदहरूको बलिदानको मूल्याङ्कन हुनुपर्छ भन्ने सुझाव पनि उनले राखे।

गोर्खा जनमुक्ति मोर्चा नेता अनित थापाको नाम उल्लेख गर्दै उनले भने- “भोलिको दिनमा गोर्खाल्याण्ड राज्य निर्माण भएर स्थायी समाधान हुन्छ भन्ने अनित थापाले भोलिको वार्तामा गोर्खाल्याण्ड राज्य गठनको निम्ति त्रिपक्षीय वार्ताको माग गरेर देखाओस्।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया