किड्नी रोगीको निम्ति म्याराथन

विज्ञापन

  • हनोक थापा, खरसाङ 3 मई/2017

‘कोपिला किड्नी पिडित रहेको सुनेपछि उनलाई मैले सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ सुब्बाले भने, ‘यसैकारण म्याराथनलाई अर्थ जुटाउने माध्यम बनाएको हुँ। यसले धावकहरूलाई त फाइदा पुग्छ नै रोगीलाई पनि सहयोग हुनेछ।’


सिक्किम दार्जीलिङ फ्रेन्डशिप म्याराथन २०१७, नाम राखेर खरसाङकी किड्नी रोगी कोपिला छेत्रीको उपचारको निम्ति सहयोग राशि जुटाउन लिम्का बुक् अफ् वर्ल्ड रिकर्डमा नाम लेखाइसकेका सिक्किममा धावक अमर सुब्बाले म्याराथन शुरु गरेका छन्।

सिक्किम र दार्जीलिङका धावकहरूले उनलाई यस कार्यको निम्ति सहयोग गरेका छन्। सुब्बाले हिजो रम्फूदेखि सिङ्तामसम्म म्याराथन दौड गर्दै विभिन्न सहयोगीहरूबाट आर्थिक सङ्ग्रह गरेका थिए भने आज दार्जीलिङदेखि खरसाङसम्म दौडिए।  सोनादामा आइपुग्दा सोनादा लोकल मारुति ओनर वेलफेयर एसोसिएशनले धावक अमर सुब्बालाई स्वागत गर्दै केही सहयोग राशि पनि संग्रह गरी आयोजक समितिलाई हस्तान्तरण गऱ्यो।

खरसाङको मन्टिभिएट खेल मैदानमा आएर उक्त दौड समाप्त भएको थियो। यहाँ सानो औपचारिक कार्यक्रम पनि सम्पन्न भयो। खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घ सचिव निर्मल गुरुङले कार्यक्रम सञ्चालन गरे भने संरक्षक टिटि लामाले सम्बोधन गर्दै तत्कालै केही राशि सहयोग गर्दै सबैलाई सहयोग गर्ने आह्वान पनि गरे।

उनलाई दार्जीलिङदेखि खरसाङसम्म कै विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले सहयोग पुऱ्याएका थिए। ‘कोपिला किड्नी पिडित रहेको सुनेपछि उनलाई मैले सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ सुब्बाले भने, ‘यसैकारण म्याराथनलाई अर्थ जुटाउने माध्यम बनाएको हुँ। यसले धावकहरूलाई त फाइदा पुग्छ नै रोगीलाई पनि सहयोग हुनेछ।’

खरसाङ आउन अघि नै आयोजक समितिलाई सहयोग गर्ने सस्थाहरु- खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घ,मणि ट्रस्ट दार्जीलिङ,दार्जीलिङ जिल्ला ग्रामीण कृषि बन एवं विकास संरक्षण समिति लगायत अन्यले सहयोग गरेका थिए।

म्याराथनको लागि खरसाङका मिडियाकर्मीहरूले सहयोग गरेका थिए। रोगी कोपिलाले मिडियाकर्मीहरूलाई आभार व्यक्त गरिन् भने अमर सुब्बाले कोपिलालाई सबैले सहयोग पुऱ्याइदिने अपिल गरेका छन्।

किड्नी रोगी कोपिला छेत्री खरसाङको चानमारी निवासी किरण छेत्रीकी सुपुत्री हुन्। तिनी विगत केही समयदेखि कलकत्तामा उपचाराधीन छन्। तिनको मेजर ओपरेशन आगामी २८ मईको दिन कलकत्ताको रविन्द्रनाथ ठाकुर मेडिकलमा गरिने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया