जापले जित्ने कालेबुङको 23 वटै वार्ड

विज्ञापन

  • कालेबुङ खबरदाता, 3 मई/2017

पानीको निम्ति आएको करोड़ौ रूपियाँ पानीमै गयो। मैलाको निम्ति आएको करोड़ौ रूपियाँले डम्पिङको खम्बा मात्रै गाड़ियो। यसरी बोर्ड चलाउने गोजमुमोसँग कुनै भिजन छैन।


जन आन्दोलन पार्टीका कार्यकर्ताहरू आज जनताको समस्या सुन्ने भन्दै वार्ड नम्बर 18 पुगेका थिए। यसै क्रममा उपस्थित जनसाधारणहरूसित अन्तरक्रिया गर्दै जाप युवा प्रकोष्ठका महासचिव अमीर बस्नेतले नारा लिएर भोटको बेलामा आउने गोजमुमोलाई जनताले नै काम गरेको प्रमाण पत्र माग्नुपर्ने बताए।

पानी, नाली, सड़क केही नछोड़्नेहरूले जातिको नारा लगाउनु गलत हुने जनाउँदै वार्ड पार्षदहरूको मनमानी कै कारण गोरामुमो र गोजमुमो दुवैले पहाड़को नगरपालिका भत्काएको आरोप पनि लगाए। बस्नेतले भने, ‘यहाँ ठीकसँग अडिट भएको छैन। जनताको पैसा कहाँ पुग्यो, कसैले थाहा पाउन सकेको छैन। पानीको निम्ति आएको करोड़ौ रूपियाँ पानीमै गयो। मैलाको निम्ति आएको करोड़ौ रूपियाँले डम्पिङको खम्बा मात्रै गाड़ियो। यसरी बोर्ड चलाउने गोजमुमोसँग कुनै भिजन छैन। दागोपापमा नै तीनवर्ष र त्यसपछि पाँच वर्ष नगरपालिका चलाउने गोजमुमोमा वार्ड कमिटीको त कुरा छोड़ौं, पुरानो नगरअध्यक्षको पनि कुरा चल्थेन। त्यसैले नगरपालिकामा व्यापक भ्रष्टाचार र मनमानी भएको छ।

अघिल्ला नगरपार्षदहरूले आफ्नो वार्डको क्षेत्रफलसमेत थाहा नगरी भ्रष्टाचार गरेरै पाँच वर्षको कार्यकाल पूरा गरेको जनाउँदै भोटको बेला जातिको याद आउनेहरूलाई ब्यालेटले जवाफ दिनुपर्ने बताए।

विधानसभा चुनाउमा 17 वटा वार्ड जित्ने जापको टीम कालेबुङ-ले यसचोटि कालेबुङको 23 वटै वार्ड जित्ने ठोकुवा उनले गरे। सो अवधि जाप युवा एकाईका ब्यूरो अध्यक्ष पङ्कज छेत्री, सन्दिप कुलुङ, भूपेन राई, अर्पण गुरूङ, नरेश राई, सोनाम लामा, जिग्मी लेप्चा लगायत वार्ड कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया