कालेबुङमा लाग्यो ‘पाकिस्तान मुर्दावाद’-को नारा

  • कालेबुङ खबरदाता, 3 मई/2017

जासूसीको आरोपमा पाकिस्तानमा मृत्युदण्ड पाउने भारतीय नागरिक कुलभूषण जाधवलाई शीघ्र मुक्त गर्नुपर्ने भन्दै कालेबुङमा आज पहल फ्यामेलीका कार्यकर्ताहरूले पाकिस्तान विरोधी नारा लगायो।

उनीहरूले ‘पाकिस्तान मुर्दावाद’ भन्दै लगभग 15 मिनट नाराबाजी गरे। कार्यकर्ताहरूले क्यान्डल बालेर 7 बजी राती कालेबुङमा नाराबाजी गरेका हुन्। नाराबाजी गर्दै कालेबुङको डम्बरचौकमा आइपुगेका कार्यक्रताहरूबीच मनिष त्रिपाठीले कुलभूषणलाई शीघ्र मुक्त गर्नुपर्ने मागमा नाराबाजी गरिएको बताएका छन्।

विदेश मन्त्री सुषमा स्वराजले भनेकी छन् कि कुलभषणलाई फाँसी दिइयो भने त्यसलाई हत्या मानिनेछ।

कुलभूषण जाधव तीन मार्च, 2016 को दिन बलूचिस्तानमा जासूसी गरेको आरोपमा पक्राउ परेका थिए। तर गृहमन्त्रीले स्वराज अनुसार पाकिस्तानी सुरक्षा बलले अपहरण गरेर मिडिया अघि भारतीय जासुसकोरूपमा प्रस्तुत गरेका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया