कटप्पा, कावेरी र कन्नड़विरोध

विज्ञापन

 बाहुबलीका चर्चित क्यारेक्टर कटप्पा को हुन्?


  • खबरम्यागजिन डेस्क, 3 मई/2017

उनी 31 वर्षको उमेरमा साउथ इण्डियन मूभीका सुपरस्टार मानिने रजनीकान्तका बाबु बनेका थिए। रजनीकान्त त्यसबेला सत्यराजभन्दा चारवर्ष ठूलो थिए।


कटप्पाले बाहुबलीलाई किन मारे ? बाहुबलीले छोड़िराखेको यो प्रश्नले प्रायः दुइवर्ष दर्शकहरूको मन-मष्तिष्कमा घर जमाएको थियो। साउथ इण्डियन मूभीको क्रेज र डिमाण्ड अहिले देशमै बढ़ेको छ। यही क्रेज र डिमाण्ड हेरेरै बलिउडले साउथका केही मूभीहरूको हिन्दीमा ‘फोटोकपी’ गरिसकेको छ। राम्रो कमाई गरेको छ। अहिले चर्चा छ, बाहुबली पार्ट -2 अर्थात् बाहुबली द कन्क्लुजनको। कटप्पाले बाहुबलीलाई मार्नुको कारणको। एक्शन र एक्टिङको। सबैभन्दा बढ़ी चर्चा छ 62 वर्षे कटप्पा अर्थात् सत्यराजको। बाहुबली पार्ट -2 अत्यधिक चर्चित बनेपछि कमाईका सबै रेकर्ड्स भङ्ग भइसकेको छ।

अहिले उनै कटप्पाले 9 वर्ष पुरानो बयानलाई केन्द्र गरी कन्नड़हरूसमक्ष माफी माग्दैछन्। कावेरी विवादबारे सत्यराजले तमिल कृषकहरूको प्रदर्शनलाई समर्थन गर्दै कन्नड़हरूविरुद्ध बयान दिएका थिए। त्यसबेला एक्टर सत्यराजले भनेका थिए, ‘‘तमिल मानिसहरू नै रूखहरूझैँ मौन बस्नुहुँदैन, जहाँ कुनै कुकुर आएर पिसाब गरेर जाओस्।’’ फिल्म चर्चित बनेपछि उनले 9 वर्षअघि दिएको यो बयान ‘भाइरल’ भएको छ। यसले फिल्मलाई ड्यामेज गर्नसक्ने डर सत्यराजलाई छ।

धेरै कन्नड़ सङ्गठनहरूले यसै बयानलाई केन्द्र गरी बाहुबली-2 को तीखो विरोध गरिरहेका छन्। यसैले कन्नड़हरूसँग उनले माफी मागिरहेका छन्। उनी भन्छन्, ‘‘म कन्नड़विरोधी कदापि होइन। मेरो उक्त बयानले कसैको भावनामा ठेस लागेको छ भने म माफी माग्दछु। यसका लागि बाहुबली टीमको मिहिनेतलाई क्षति नपुगोस्। म फिल्मको तुलनामा सानो कलाकार मात्र हुँ।’’ कावेरीको कारण कन्नड़विरोध सुनिरहेका बाहुबलीकै चर्चित क्यारेक्टर कटप्पा को हुन्?

संक्षिप्त परिचय यहाँ राखिएको छ।

200 भन्दा अधिक फिल्म खेलिसकेका कटप्पा उर्फ सत्यराजको असली नाम रङ्गाराज सुबय्या हो। उनको जन्म 3 अक्टोबर 1954 –मा चेन्नई, तमिलनाडुमा भएको थियो। सन् 1979 महेश्वरीसँग विवाह गरेका उनका एक छोरा सिबिराज र एक छोरी दिव्य छन्। छोरा सिबिराज एक्टर र छोरी दिव्य पेशाले न्यूट्रिशनिस्ट हुन्। फिल्मी करिअर सत्यराजले नेगेटिभ रोलबाट गरेका थिए। पछि एक्शन ड्रामा र कमेडी फिल्महरूमा पनि उनले सफल अभियान गरिसकेका छन्। बहुबली -2 पछि ‘मदाई थिरन्थु’ र ‘विजय 61’ –मा साउथका यी मानिएका एक्टरलाई देखिनेछ।

शाहरुख खान अभिनित चेन्नई एक्सप्रेसमा उनले दीपिका पादुकोणको पिताको भूमिकामा देखिएका थिए। यति मात्र होइन उनी 31 वर्षको उमेरमा साउथ इण्डियन मूभीका सुपरस्टार मानिने रजनीकान्तका बाबु बनेका थिए। रजनीकान्त त्यसबेला सत्यराजभन्दा चारवर्ष ठूलो थिए। अर्थात् 35 वर्षका। सत्यराजले भेधाम पुधिथु (1987), नादिगान (1990), पेरियार (2007), ओनबाधु रुबाई नोट्टू (2007), नाबान (2012), राजा रानी (2013) समेत धेरै फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।

यद्यपि उनले अत्यधिक चर्चा भने कटप्पाको भूमिकाले पाएका छन्। ‘‘ 24 वर्षको उमेरमा लोककथामा आधारित फिल्म खेल्ने इच्छालाई 60 वर्षको उमेरमा राजामौली (बहुबलीका निर्देश) –ले पूरा गरिदिए ’’, बहुबली अत्यधिक चर्चित भएपछि सन् 2015 मा दिएको एउटा अन्तर्वार्तामा सत्यराजले यसो भनेका थिए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया