हिगुइन चम्किँदा युभेण्टस विजयी

विज्ञापन

  • पेरिस, 4 मई।/2017

अर्जेण्टिनी स्ट्राइक ग्वान्जेलो हिगुइनको जोड़ी गोलको सहयोगले इटलियन क्लब युभेण्टसले च्याम्पियन्स लीगको पहिलो लेगमा महत्त्वपूर्ण जीत हात पारेको छ। हिगुइनले खेलको 29 र 59औं मिनटमा गरेको गोलको सहयोगले सिरी-ए च्याम्पियनले मोनाकोविरुद्ध 2-0 को गोलअन्तरको परिणाम आफ्नो पक्षमा पारेको हो।
फ्रेन्च क्लब मोनाकोले आफ्नो घरेलु मैदानमा बुधवार मध्यराति खेलिएको यो पहिलो लेगमा गोल गर्ने कतिपय सुनौलो मौका गुमाएको थियो। आफ्नै घरेलु मैदानमा पराजित भएपछि दोस्रो लेगअघि मोनाकोमाथि दवाब सृष्टि भएको छ। यसको ठीक विपरीत अवे खेलमा 2-0 को महत्त्वपूर्ण जीत दर्ता गरेपछि ‘रोड टु कार्डिफ’-मा आफ्नो पाइला बलियोसँग राखेको छ। दोस्रो लेग आउँदो 10 मईको दिन युभेण्टसको घरेलु मैदानमा खेलिनेछ, जहाँ इटलियन क्लबको रेकर्ड धेरै राम्रो छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया