पुलिसकै हातबाट अभियुक्त लापत्ताः परिवार चिन्तित

विज्ञापन

  • उमेश परियार, राजमार्ग 10, 4 मई/2017

‘छोरा वेपत्ता भएको दिनदेखि लगातार थाना धाइरहेकी छु, तरै पनि छोराको केही खबर छैन,’  दीपेशकी आमा कमला छेत्रीले भनिन्,  ‘मैले पुलिस प्रशासनमाथि धेरै आशा राखेकी छु। छोरालाई चाँडै परिवार समक्ष उपस्थित गराइनु पुलिसकै दायित्व हो।’


जब पुलिसले पक्रियो तब नै अचानक 20 माइल निवासी चालक दीपेश छेत्री तापत्ता बनेका छन्। राजमार्गमा ड्रग्स एवं मादक पदार्थ ओसारपोसार गरेको आरोपमा 20 अप्रेलको दिन रम्बी पुलिसले दीपेशलाई पक्राउ गरेको थियो। पुलिसले पक्राउ गरेपछि नै तिनी लापत्ता छन्।

पुलिसले पक्राउ गरेपछि नै दीपेश लापत्ता हुनुले धेरै शङ्का उब्जाएको छ। यता दीपेशको परिवार भने चिन्तित छन्। पुलिस पक्षले आफ्नै कस्डडीबाट हराएको दीपेशको खोजी भइरहको बताएको छ।

राजमार्गबाट हुने ड्रग्स ओसार पसारमाथि प्रतिबन्ध लगाउन राजमार्गका पुलिस प्रशासनद्वारा निगरानीलाई चुस्त पारेको छ। यसैक्रममा 20 अप्रेल रम्बी पुलिसद्वारा लगाइएको चेकिङ अवधि बीस माइल निवासी चालक दीपेस छेत्रीलाई नशालु पदार्थ सहित पक्राउ गरिएको थियो।

यता पक्रा परेका अभियुक्तले रातीको फाइदा उठाएर चम्पट कस्न सफल बनेका पुलिस पक्षको भनाइ रहेको थियो। अर्कोतिर चालक दीपेशको केही खबर नरहेको पाँच दिनदेखि परिवारले पुलिसमा छोरोलाई परिवारअघि देखाउनपर्ने दवाब दिन शुरु गरेको छ।

परिवारले यसै सम्बन्धमा कालेबुङ जिल्लापाल समक्ष ज्ञापन चढाउँदै भनेको छ, पुलिसको हातैबाट हराएको छोरो परिवार अघि देखाइयोस्। यसबारे जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले डिएसपी हेडक्वार्टरद्वारा जाँच प्रक्रिया शुरू हुने बताएका थिए तर आज दिपेश वेपत्ता भएको 15 दिन बितिसक्दा पनि कुनै अत्तो पत्तो छैन।

‘छोरा वेपत्ता भएको दिनदेखि लगातार थाना धाइरहेकी छु, तरै पनि छोराको केही खबर छैन,’  दीपेशकी आमा कमला छेत्रीले भनिन्,  ‘मैले पुलिस प्रशासनमाथि धेरै आशा राखेकी छु। छोरालाई चाँडै परिवार समक्ष उपस्थित गराइनु पुलिसकै दायित्व हो।’

पुलिसपक्षबाट पनि वेपत्ता रहेको दीपेशलाई खोजी निकाल्ने आश्वासन परिवारलाई दिइएको पनि कमला छेत्रीले बताएकी छन्। हाल दीपेशलाई दुवै पक्षबाट खोजी गर्ने क्रम जारी रहेकै छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया