एक मौका भन्दै जापः मिरिकमा 6 जना उम्मेदवार

विज्ञापन

  • दीपमिलन प्रधान, मिरिक, 4 मई/2017

मिरिक नगरपालिका चुनावमा जन आन्दोलन पार्टीले ‘एक मौका जाप’-लाई भन्ने नाराको साथमा 6 जना उम्मेदवार मैदानमा उतारेको छ। उनीहरूमा वार्ड नम्बर 3-मा बिनय तामाङ, वार्ड नम्बर 5-मा मोती लिम्बू सुब्बा,  वार्ड नम्बर 2-मा उपसना कार्कीढोली ,  वार्ड नम्बर 6-मा सन्तवीर मोक्तान, वार्ड 7- मा धनप्रसाद प्रसाद  वार्ड नम्बर 8-मा समीर सुब्बा अनि रहेका छन्।

उनीहरूले स्वच्छ राजनैतिक संस्कारको निर्माण अनि भ्रष्टाचार मुक्त नगरपालिका निर्माणको निम्ति एक मौका जापलाई दिनुहोस् भन्दै प्रचार शुरु गरेका छन्। उनीहरूले मिरिकका जनताले आफूहरूलाई साथ दिने कुरामा विश्वास व्यक्त गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया