लिटल फ्लावर स्कूलले मनायो सिल्बर जुबली

कालीझोडा, 30 मार्च


हाइवे 10 अन्तर्गत रम्बीमा रहेको लिटल फ्लावर स्कूलले आज पच्चिस वर्ष पुरा गरेको छ भने यसै अवसरमा स्कूलले एउटा कार्यक्रमको आयोजना गरि सिल्बर जुब्ली पालन गरेको हो। क्षेत्रका समाजसेवी गोपाल प्रधानको विशेष प्रमुख अतिथ्य एवं अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो।

स्कूलका संस्थापक स्व. नविन मुखियाको तस्वीरमा माल्यअर्पण गरी कार्यक्रमको आरम्भ गरिएको थियो भने कार्यक्रममा स्वागत सम्बोधन  स्कूलका उपप्राचार्य गणेश तामाङद्वारा प्रस्तुत गरिएको थियो।

यता कार्यक्रमबारे जानकारी गराउँदै स्कूलका प्राचार्य निकिता प्रधानले सन 1993 सालमा स्थापित उक्त स्कूलले हालै विविध उपलब्धीहरू हासिल गरिरहेको बताइन्। शुरूमा उक्त स्कूलले  केवल 11 जना विद्यार्थीहरू लिएर आरम्भ गरेको थियो भने वर्तमानमा आएर स्कूलमा विद्यार्थीहरूको संख्या 130 जना रहेको बताएकी छन्।

दुइ वर्षअघि उक्त स्कूलमा पाँचौ कक्षासम्मको  मात्र शिक्षा प्रदान गरिरहेको थियो भने हालै कक्षाको बढोत्तरी  भएर सातौं कक्षाको शिक्षा पनि विद्यार्थीहरूलाइ प्रदान गरिरहेको उनले बताइन्। यसका साथै स्कूललाई अझ बढोत्तरी गरेर आठौं कक्षसम्म निर्माण गरिनका निम्ति सोसाइटी एक्ट अनुरूप पञ्जिकरण गरिसकेको अनि यस स्कूललाई आइसीएसइमा आबद्ध गराइने भएको पनि प्रधानले थप जानकारी गराएकी छन्।

ज्ञात रहोस्, उक्त स्कूल राजेन मुखियाको निर्देशकमा चलिरहेको थियो भने केही वर्षदेखि यता उनकै छोरा सिद्धान्त मुखियाको निर्देशनमा चलिरहेको छ। रम्बी सार्वजनिक भवनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा स्कूलका विद्यार्थी नानीहरू लगायत क्षेत्रका युवा कलाकारहरूद्वारा नित्य, गीत,कविता वाचन आदि प्रस्तुत गरिएको थियो।

एल केजी अनि युकेजीका नानीहरूलाई लिएर फेशन शो पनि सम्पन्न गरिएको थियो। यस अतिरिक्त कार्यक्रममा स्कूलका संस्थापक शिक्षिका सकुन सिंहलाई सम्वर्द्धना जनाए। यसै अवसरमा स्कूलले विद्यार्थी प्रमुखहरुको पनि चयन गरिएको थियो।  रम्बी हाईस्कूलका प्रधान अध्यापक प्रेम चन्द्र छेत्री,केन्द्रीय विद्यालयका शिक्षकगण, रम्बी प्राथमिक पाठशालाका शिक्षक शिक्षिकागण ,रम्बी सुधार समितिका प्रतिनिधिवर्ग अनि मिलन प्रधान लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन