सिक्किमलाई फेरि एउटा राष्ट्रिय पुरस्कार

विज्ञापन

  • गान्तोक खबरदाता, 4 मई/2017

स्वच्छताको क्षेत्रमा हिमाली राज्य सिक्किमलाई फेरि एउटा राष्ट्रिय पुरस्कार प्राप्त भएको छ। भारत सरकारको स्वच्छ सर्वेक्षण 2017मा राजधानी गान्तोक शहरलाई उत्तर पूर्वाञ्चल प्रतिस्पर्धामा उत्कृष्ट राजधानीको पुरस्कार प्राप्त भएको छ। आज देशको राजधानी नयाँ दिल्लीमा सम्पन्न एउटा कार्यक्रमबीच केन्द्रीय शहरी विकास मन्त्री भेङ्कैया नायडुको बाहुलीबाट सिक्किम राज्यलाई उक्त पुरस्कार प्रदान गरियो।

सिक्किमबाट गएका नगर निगमका मेयर शक्तिसिंह चौधरी, नगर निगम आयुक्त छेवाङ ग्याछो र शहरी विकास विभागका सचिव जीटी भोटियालाईले पुरस्कार ग्रहण गरे। उल्लेख्य, सिक्किम देशकै पहिलो निर्मल राज्य हो भने गान्तोक शहर पहिले नै देशको सबैभन्दा स्वच्छ हिल स्टेशन बनिसकेको छ। यसरी नै देशको शीर्ष तीन स्वच्छ जिल्लाहरूमा सिक्किमकै जिल्लाहरू आउँछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया