तृणमूल पर्यवेक्षक शौरभ चक्रवर्ती मिरिकमा

विज्ञापन

  • दीपमिलन प्रधान, मिरिक, 4 मई/2017

मिरिक नगरपालिका  चुनावमा अफ्ना उम्मेदवारहरूको जित निश्चित गर्न राज्यको सत्तारूढ दल तृणमूल कङ्ग्रेस सकृयताको साथ लागिपरेको छ। आज तृणमूल कङ्ग्रेसका पर्यवेक्षक शौरभ चक्रवर्तीको  उपस्थितिमा नगरपालिकाको सातवटा वार्डका उम्मेदवारहरूलाई लिएर सभा बसेपछि सञ्चारमाध्यमसित कुराकानी गर्दै दलका मिरिक महकुमा समितिका अध्यक्ष अनिल छेत्रीले आगामी 6 मईदेखि 12 मईसम्म मिरिकमा  पार्टीले लगातार जनसभा गर्ने तथा  रोड शोहरूको आयोजना गर्ने बताएका छन्।

जहाँ पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहने छन्। अर्कोतिर पार्टी पर्यवेक्षक शौरभ चक्रवर्तीले  मिरिक नगरपालिकामा यस चोटि सबै वार्डमा तृणमूल कङ्ग्रेसको जित निश्चित रहेको दाबी गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया