प्रदेश भाजपाले केन्द्रीय मन्त्रीलाई सारे पोल

विज्ञापन

  • गान्तोक खबरदाता, 4 मई/2017

मुख्यमनत्री पवन चामलिङले एसबीएस मार्फत आफ्नो मान्छे तथा आफूलाई मन परेका जोसुकैलाई जतिसुकै लोन दिने गरेको प्रदेश भाजपाको दावी


सिक्किमको आधिकारिक भ्रमणमा हिजो राजधानी आइपुगेका केन्द्रीय वित्तीय तथा कर्पोरेट मामिला राज्य मन्त्री अर्जुन राम मेघवाल आज दिउँसो यहाँको रानीपुलस्थित सिक्किम प्रदेश भाजपा कार्यालय पुगे। प्रदेश भाजपाको पक्षमा उपाध्यक्ष जेबी दर्नाल र अन्य नेताहरूले केन्द्रीय मन्त्रीलाई कार्यालयमा स्वागत जनाए। प्रदेश भाजपाले विज्ञप्ति जारी गरेर बताएअनुसार केन्द्रीय मन्त्रीसितको कुराकानीमा विभिन्न विषयमा गहन चर्चा भयो। चर्चाको मुख्य बिन्दु राज्यमा भइरहेको कथित आर्थिक अनियमितता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

ठेकादारहरूले समयमा कामको पैसा नपाइरहेको प्रदेश भाजपाले केन्द्रीय मन्त्रीलाई पोल सारे। यसको साथै अस्थायी कर्मचारीहरूले समयमा वेतन नपाउने गरेको पनि भाजपा नेताहरूले मन्त्रीलाई बताए। यसरी नै केन्द्रीय मन्त्रीसितको चर्चाको क्रममा प्रदेश भाजपाका नेताहरूले राज्य सरकारले कथित रूपमा स्टेट ब्याङ्क अफ् सिक्किम (एसबीएस)- को दुरुपयोग गरेको पनि आरोप लगाएका छन्।

मुख्यमनत्री पवन चामलिङले एसबीएस मार्फत आफ्नो मान्छे तथा आफूलाई मन परेका जोसुकैलाई जतिसुकै लोन दिने गरेको प्रदेश भाजपाको दावी रहेको छ। केन्द्रीय मन्त्रीले सबै कुरा गम्भीरतासित सुनेपछि भ्रष्टाचार कुनै पनि स्थितिमा सहन गरिने छैन भन्दै सबै मुद्दामा आवश्यक जाँच गर्ने आश्वासन दिएको पनि प्रदेश भाजपाले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया