फिफा ऱ्याङ्किङमा भारत सयमा

विज्ञापन

  • नयाँ दिल्ली, 4 मई/2017

फिफाद्वारा बिहीवार जारी मई 2017 -को ऱ्याङ्किङमा भारत शीर्ष 100 –मा परेको छ। अफ्रिकी नेशन मलाभीलाई 42 अङ्कको नोक्सान भएपछि भारतलाई एक अङ्कको लाभ भएको हो। आफूभन्दा पुछरमा रहेको मेडागास्करसँग 0-1 को गोलअन्तले मलाभी पराजित भएपछि नै भारतलाई ऱ्याङ्किङमा लाभ पुगेको हो। यसभन्दा अघि अप्रेलमा जारी ऱ्याङ्किङमा ब्लू टाइगर 101औं स्थानमा थियो भने मलाभी शीर्ष 100मा थियो। एक स्थान उक्लेको भारतले इस्टोनिया र लिथोनिया र निकारागुआसँग अङ्क साझा गरेको छ। तीनै देशको समान 331 अङ्क छ।
एशियाई ऱ्याङ्किङमा भारत 11औं स्थानमा छ। ताजा ऱ्याङ्किङमा एक स्थानको लाभ पाउने सुनिल छेत्रीहरूले अप्रेल महीनामा एकै आधिकारिक म्याच खेलेनन्। यो ऱ्याङ्किङ पछिल्लो 21 वर्षमा सर्वश्रेष्ठ ऱ्याङ्किङ हो। यसभन्दा अघि सन् 1996 मा भारत फिफाको ऱ्याङ्किङमा शीर्ष 94 –मा पुगेको थियो।
ताजा ऱ्याङ्किङले भारतीय खेलाड़ीहरूको कन्फिडेन्स बढ़ाउन निश्चय सहयोग गर्ने प्रशिक्षक स्टेफन कन्स्टाइनलाई लागेको छ। अप्रेलमा कुनै म्याच नखेलेको भारतले यो महीना पनि कुनै आधिकारिक म्याच खेल्नेछैन। भारतले मात्र होइन धेरै देशहरूले अप्रेल महीनामा आधिकारिक म्याच खेलेनन्। भारतले अब आउँदो 7 जूनको दिन 137औं स्थानमा रहेको लेबनानसँग फ्रेन्डली म्याच खेल्नेछ। त्यसपछि आउँदो 12 जूनको दिन घरेलु मैदान एएफसी 2010 –को छनोट चरणको खेलमा किर्गिजस्तानसँग भिड़्नेछ।
ऱ्याङ्किङमा ब्राजील शीर्ष स्थानमा उक्लेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमैले अर्जेण्टिना र जर्मनी छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया