स्वास्थ्य मन्त्रीको छड्के भ्रमण

विज्ञापन

  • गान्तोक खबरदाता, 4 मई/2017

निर्माणाधीन मल्टी स्पेश्यालिटी हस्पिटल

राज्यका स्वास्थ्य मन्त्री अर्जुण कुमार घतानीले आज यहाँको सिच्छेमा को छड़के भ्रमण गरे। यस अवसरमा उनको साथमा अस्पताल निर्माण क्मपनीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

भ्रमणको क्रममा मन्त्रीले निर्माण कम्पनीका अधिकारीहरूसित कुराकानी गर्दै राज्यमा अस्पतालको आवश्यक्तालाई ध्यानमा राखेर निर्माण कार्य निर्धारित समयमा पूरा गरिनु पर्ने कुरामा जोर दिए।

उल्लेख्य, यसअघि मुख्यमन्त्री पवन चामलिङले सिच्छे अस्पतालको निर्माणकार्य यसै वर्षको अन्तसम्ममा पूरा हुने घोषणा गरेका छन्। मन्त्री घतानीले अस्पतालको निर्माणमा गुणस्तरमाथि विशेष जोर दिएका छन्। राम्रोभन्दा राम्रो तक्निकी र सामाग्री प्रयोग गरेर अस्पताल भवन निर्माण गर्ने उनले कम्पनीका अधिकारीहरूलाई निर्देश दिएका छन्। अस्पताल भवनसाथै अल्पताल वरिपरिको सुन्दरीकरणमाथि पनि मन्त्री घतानीले विशेष जोर दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया