एफएम सेलसियन 90.8 ले मनायो पहिलो बर्षगाँठ

सञ्जय निरौला / दार्जीलिङ / 2 दिसम्बर 2017


दार्जीलिङ पहाडको पहिलो सामुदायिक एफएम सेलसियन 90.8 सोनादहले आज एक कार्यक्रमको आयोजना गरी पहिलो बर्षागाँठ मनायो। कलेजका प्राचार्यको अध्यक्षतामा निजी  भवनमा भएको कार्यक्रममा सिनेकर्मी मेनुका प्रधान प्रमुख अथितिको रूपमा उपस्थिति थिइन भने उनी बाहेक  नाट्यकर्मीहरू निर्मल गुरूङ, जीवन गुरूङ लगायतको प्रमुख रूपमा उपस्तिथि थियो।

रेडियो स्रोताहरू घटिरहेको बेला एफएमले स्रोतालाई फेरि रेडियोमा फर्काएको भन्दै सामुदायिक रेडियो स्टेशनहरूले स्थानीय कलाकारलाईसमेत प्रोत्साहित गरेको सिनेकर्मी मेनुका प्रधानले बताइन्।

नाटक मन्चन रेडियोमा प्रस्तुतिमा अन्तर रहेको जिकिर गर्दै नयाँ आउने कलाकारहरूलाई मेहनतले अघि बढ्नुपर्ने बताउदै कलाको माध्यमबाट नै सामाजिक तथा साँस्कृतिक कुरालाई मूल धारामा ल्याउन सकिने बताइन्।

आफू अग्रजहरूकै कारणले नाटकमा आएको बताउँदै मञ्चलाई जीवन्त पार्न गाह्रो रहेको नाट्यकर्मी निर्मल गुरूङले बताए। कलाकार जीवन गुरूङले आजका पुस्तालाई मञ्च पाउन सहज रहेको तर आफ्नो पालोमा धेरै गाह्रो रहेको बताए।

स्टेसन डाइरेक्टर फादर सीएम पलको स्वागत मन्तव्यबाट शुरूआत भएको कार्यक्रममा रेडियो नाटक प्रतियोगिताका बिजयीहरूको घोषणको साथमा पारितोषिक समेत बाँडिएको थियो।

तीन स्तरमा गरिएको प्रतियोगितामा खुलातर्फबाट नितेन लामा प्रथम, रोशन राई दोस्रो भएका थिए तथा सन्जय प्रधान तेस्रो। कलेज स्तरीय प्रतियोगितामा क्रमैले साउथ फिल्ड कलेजकी गायत्री थापा प्रथम, सेन्ट जोसेफ कलेज दार्जीलिङ कि कृतिका दाहाल दोस्रो, घुम जोरबङ्लो कलेजका रबी गोहर तेस्रो भए।

यसरी नै विद्यालय स्तरमा रामकृष्ण हाइस्कुल खर्साङ प्रथम, साई सुदन स्कुल दोस्रो तथा आरकेएसपी दार्जीलिङ तेस्रो बन्यो। बिजेताहरूलाई पारितोषिक सँगै नगद पुरस्करले सम्मान जनाइएको थियो।

आर्जे समीरद्वारा सञ्चालित कार्यक्रममा विभिन्न साँस्कृतिक झलकहरूको प्रस्तुति समेत थियो भने कार्यक्रममा विभिन्न स्थानका रेडियोका सहयोगीहरूलाई समेत सम्मान गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया