उपत्यकामा सेनाको एन्टी टेरर सर्च अपरेशन

विज्ञापन

आतङ्की खोज्न हेलिकोप्टर र ड्रोनको सहयोग

  • श्रीनगर, 4 मई/2017

सेनाका जवानहरूमाथि बर्बरतापूर्ण आक्रमण गर्ने आतङ्कीहरू यी क्षेत्रका घरहरूमा लुकेर बसेकोले नै यो अभियान चलाएको छ। सेना, पुलिस र सीआरपीएफका जवानहरू जिल्लाका 12  भन्दा बढ़ी गाउँहरूतिर बढ़ेका छन्।


जम्मू कश्मीरमा केही दिनयता आतङ्की बर्बरता र गतिविधि बढ़ेपछि भारतीय सेनाले विशेष सर्च अभियान शुरू गरेको छ। जम्मू-कश्मीरका शोपिया र पुलवामा जिल्लाका घरहरूमा लुकेर बसेका आतङ्कीहरूलाई पक्रन सेनाले विशेष एन्टी टेरर सर्च अपरेशन शुरू गरेको छ, जुन अहिले पनि चलिरहेको छ। यो अभियान बुधबार रातिदेखि शुरू भएको हो। आज सेनाले यो अभियानलाई प्रभावकारी बनाउन हेलिकोप्टर र ड्रोनको सहयोग लिइएको छ। आज हेलिकोप्टर र ड्रोनले हावामा घण्टौंसम्म चक्कर लगायो भने चार हजारभन्दा अधिक जवान उल्लिखित दुवै जिल्लाका क्षेत्रहरूमा छरिएका छन्। सेना सूत्रले दिएको जानकारीअनुसार सेनाका जवानहरूमाथि बर्बरतापूर्ण आक्रमण गर्ने आतङ्कीहरू यी क्षेत्रका घरहरूमा लुकेर बसेकोले नै यो अभियान चलाएको छ। सेना, पुलिस र सीआरपीएफका जवानहरू जिल्लाका 12  भन्दा बढ़ी गाउँहरूतिर बढ़ेका छन्।

 

शोपियामा सेनाको सबैभन्दा ठूलो अभियान

सेनाका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा भनेका छन्, ‘‘श्रीनगरदेखि 55 किलोमीटर टाढ़ास्थित शोपियामा चलाएको यो एन्टी टेरर सर्च अपरेशन सङ्कटग्रस्त कश्मीर घाटीमा पछिल्ला एक दशकभन्दा अधिक समयदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान हो।’’ घर घर पुगी छानबीन अभियान निरन्तर चलिरहेको छ। सन् 1990 -को अन्तमा यस प्रकारको अभियानलाई बन्द गरेको थियो, जुन पुनः एकपटक शुरू भएको छ। सेनाले गाउँलेहरूलाई एउटा क्षेत्रमा भेला हुने आदेश दिएको छ, जसको फलस्वरूप उनीहरूको घर प्रभावकारी ढङ्गले छानबीन गर्न सकियोस्।

अभियानमा सामेल सेनाका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘‘हामी निर्दोष गाउँलेहरूले क्षति पुगोस् भन्ने चाहँदैनौं। यसका लागि कुनै कदम उठाउनु आवश्यक थियो।’’ एक अन्य अधिकारीले भने, ‘‘क्षेत्रमा विदेशी आतङ्कीसहित अन्य आतङ्की लुकेर बसेको गोप्य सूचना प्राप्त भएपछि हिजो रातिदेखि यो अभियान शुरू गरिएको हो। यद्यपि अहिलेसम्म एकैजना आतङ्कीसित पनि भेटिएको भने छैन।

 

रिजर्भ स्वीप

सुरक्षा बललाई जमीनमा सहयोग गर्नका लागि कन्सिल्ड एन्टी टेरेरिस्ट दल छ। अर्कोतिर ड्रोनले सेनाका जवानहरूलाई क्षण क्षणको पल पल सूचना दिइरहेको छ। एक अधिकारीले जानकारी गराएअनुसार तुर्कावाङ्गन गाउँमा ढुङ्गामुढ़ाको सानो घटनालाई छोड़ेर अभियान सूचारू चलिरहेको छ। छानबीन अभियान पूरा भएपछि कुनै आतङ्की बाँचेको छ/छैन भन्ने कुरा सुनिश्चित गर्न एकपटक पुनः सम्पूर्ण क्षेत्रमा ‘रिजर्भ स्वीप’ गर्नेछ, जुन बिहीवार पनि ठाउँ ठाउँमा सेनाले गऱ्यो।

 

जम्मू कश्मीरमा अनुप्रवेशरोधी सुरक्षामा वृद्धि

यता, दिल्लीमा सेना प्रमुख जनरल विपिन रावतले संवाददाताहरूसँग कुराकानी गर्दै सुरक्षा बलले जम्मू कश्मीरमा अनुप्रवेशरोधी सुरक्षामा वृद्धि गरेको बताए। जनरल रावतले भने, ‘‘यसमा केही नयाँ कुरा केही छैन। गस्ती अभियान पहिला पनि हुने गर्थ्यो।’’

सम्भावित कार्वाहीको विवरण साझा गर्न अस्वीकार

जनरल रावतले यस घटनामा भारतको सम्भावित कार्वाहीको विवरण साझा गर्न अस्वीकार गरेका छन्। ‘‘केही दिनअघि नियन्त्रण रेखा नजीक पाकिस्तानी सेनाले हाम्रो सेनाक एक नायब सुबेदार र बीएसएफका हेड कन्स्टेबललाई मारेर शवलाई क्षत विक्षत गरेको थियो।’’ उनले पाकिस्तानलाई चेताउनी दिँदै भने, ‘‘सेना जवाफ दिँदैन तर कार्वाही गर्दछ। आतङ्की अनुप्रवेश रोक्न राज्यमा सेना पूर्ण रूपले अलर्ट छ। ब्याङ्कहरूमा लूटपाटका घटनाहरू रोक्न सेनाले सर्च अपरेशन गरिरहेको छ। ‘‘यो घटनापछि जम्मू कश्मीरमा अनुप्रवेशरोधी तन्त्रलाई अझ चनाखो बनाइएको छ। हामी पहिलानै अघिल्लो योजनाहरूको बारोमा चर्चा गर्दैनौं। हामी कार्वाही पूरा भएपछि विवरण साझा गर्नेछौं।’’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया