बाघाजतिन एथ्लेटिक विजयी

विज्ञापन

  • सिलगढ़ी खबरदाता, 4 मई/2017

सिलगढ़ी प्रिमियर लीग (एसपीएल) –को आजको पाँचौं खेलमा बाघाजतिन एथ्लेटिक विजयी भएको छ। यहाँको मिलनमोड़ खेल मैदानमा खेलिएको आजको खेलले बाघाजतिन एथ्लेटिकले दर्पण मधुर मिलन सङ्घलाई 2-0 को गोल अन्तरले पराजित गरेको हो। विजयी दलका लागि खुसेन मगर र प्रशन्नजीत राईले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको हो।

भोलि लीगको छैटौं म्याच पाइन ट्री दार्जीलिङ केएफसी र रेनल्ट आमुक्त परिवार सिलगढ़ी भिड़्नेछन्। यो म्याच सुकनास्थित इलापाल चौधरी मेमोरियल हाइ स्कूलको खेल मैदानमा खेलिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया