पुजेलाई पर्यटन स्थल बनाउन भेला

विज्ञापन

  • मार्सङ लामा, अप्पर सालिम्बोङ, 4 मई/2017

अप्पर सालिम्बोङस्थित स्थानीय शान्ति सेवा समितिको कम्युनिटी हलमा पर्यटन बिषय बुझाउन गाउँलेहरूले नै स्रोत व्यक्तिहरू निम्त्याएर ग्राम भेला गरेका छन्। बिनोद थुलुङ राईले चलाएको भेलामा सन्चमाया तामाङले अध्यक्षता गरिदिइन्। पर्यटन व्यवसायी सेवास्टीन प्रधान चाँही स्रोत व्यक्तिकोरूपमा उपस्थित थिए।

खासगरी स्थानीय पुजे डाँडा र संसारी डाँडालाई पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावनालाई ध्यानमा राखेर गाउँवासीले नै स्रोत व्यक्तिहरू निम्ताएर भेला राखेका हुन्।

‘यति सुन्दर ठाउँलाई पर्यटन स्थल नबनाइए गाउँवासीलाई पछिबाट धोका हुनसक्छ,’ प्रधानले भनिदिए, ‘यी क्षेत्र आफैमा पर्यटन स्थल हो, प्रचार प्रसार नपुगेर मात्र पछाडिएको हो।’

प्रधानले आफ्नै उदाहरण पनि दिए। उनले पेदोङको रेशी खोलामा पर्यटन प्रवर्धनको काम थाल्दा पागलसमेत भनिमागेका हुन्। अहिले रेशी कालेबुङ कै सबैभन्दा चल्ने पर्यटन क्षेत्र हो।

उनले ग्रामवासीहरूलाई नै प्रतिनिधिहरू राख्दै पुजे संसारी डाँडा सुन्दरीकरण एवं पर्यटन बिकास समितिसमेत गठन गरिदिएका छन्। स्थानीय क्षेत्रलाई पर्यटकीय आकर्षण बनाउन स्थानीयहरू जुट्ने भेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया