पाकिस्तानको ठूलो हार

  • जमैका, 5 मई/2017

भ्रमणकारी टीम पाकिस्तानले अनुभवहीन वेस्टइण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचमा ठूलो हार बेहोरेको छ। यहाँको ब्रीजटाउनमा खेलिएको दोस्रो टेस्ट 188 रनको सहज लक्ष्य पाएको मिस्बाह एण्ड कम्पनी पाँचौं दिन केवल 81 रनको झिनो योगफलमा समेटिएपछि आयोजक टीमविरुद्ध 106 -को फराकिलो अन्तरले पराजित भएको हो। पहिलो इनिङ्ग्समा 81 रनले पछि पर्ने जेम्स होल्डरको युवा ब्रिगेडले दोस्रो इनिङ्ग्समा 268 रन सङ्ग्रह गरी 188 रनको विजयी लक्ष्य दिएको थियो।
दोस्रो इनिङ्ग्समा अत्यन्त निराशाजनक प्रदर्शन गर्ने पाकिस्तानका लागि सरफराज अहमदले सर्वाधिक 23 रन बनाए। अनुभवी युनिस खान (5) र कप्तान मिस्बाह उल हक (0) सस्तोमै आउट भएपछि पनि पाकिस्तानले यो लाजमर्दो हार बेहोरेको हो।
वेस्टइण्डिजको जीतमा तीव्र गतिका बलर शानोन ग्राबियल हिरो बने। उनले केवल 11 ओभर बलिङ गरी 11 नै रन दिएर 5 लिए। उनीबाहेक होल्डरले 3 र अल्जार्री जोसेफले 2 विकेट लिएर टीमको जीतमा महत्त्वपूर्ण योगदान दिए।
यसभन्दा अघि आयोजक टीमले पहिलो ब्याटिङ गर्दै पहिलो इनिङ्ग्समा 312 रन सङ्ग्रह गरेको थियो। यसको प्रत्युत्तरमा पाकिस्तान 393 रन सङ्ग्रह गरी 81 रनको महत्त्वपूर्ण अग्रता प्राप्त गरेको थियो। यो जीतसँगै वेस्टइण्डिजले शृङ्खलामा 1-1 को बराबरी गरेको छ। पहिलो टेस्ट पाकिस्तानले जितेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares