निर्भया बलात्कारीहरूलाई सुनाएको फाँसीको दण्ड यथावत

विज्ञापन

  • नयाँ दिल्ली, 5 मई/2017

सुप्रिम कोर्टले निर्भया ग्याङरेप केसमा चारै दोषीहरूको फाँसीको दण्डलाई यथावत राखेको छ। चारै दोषीहरूले फाँसीको विरुद्ध सुप्रिम कोर्टमा अपील गरेका थिए। जस्टिस दीपक मिश्राले अगुवाई गरेको बेन्चले फास्ट ट्र्याक सुनवाई पछि 27 मार्च सुनवाई सुरक्षित राखेको थियो।

16 दिसम्बर 2012 को राती दिल्लीमा 6 आरोपीहरूले कुदिरहेको बसमा निर्भयासित घ्याङरेप गरेका थिए। स्वास्थ्यजाँच वधि पीडिताको मृत्यु भएको थियो।

4 दोषीहरूले दिल्ली हाईकोर्टको अर्डरविरुद्ध दिएको थियो च्यालेन्ज

– 4 दोषीहरू अक्षय कुमार सिंह, पवन, विनय शर्मा अनि मुकेशले दिल्ली हाईकोर्टको फाँसीको अर्डरविरुद्ध सुप्रिम कोर्टमा च्यालेन्ज गरेका थिए।
– यसअघि ट्रायल कोर्टले चारै दोषीविरुद्ध फाँसीको दण्ड सुनाएको थियो। हाइकोर्टले पनि दण्डलाई यथावत राखेको थियो।

– निर्भयाकी आमाले भनेकी थिइन्, “मलाई न्याय व्यवस्थामाथि पूरा भरोसा छ। दोषीहरूलाई सुप्रिम कोर्टले पनि फाँसीको दण्ड सुनाउनेछन् अनि मेरी छोरीलाई न्याय गर्नेछ।”

– निर्भयाका पिताले पनि भनेका थिए, “दोषीहरूलाई फाँसीकै दण्ड दिइनुपर्छ। कोर्ट त के उनीहरूलाई भगवानले पनि माफ गर्ने छैन।”

के भएको थियो 16 दिसम्बर, 2012 को राती?
– दिल्लीमा पारा मेडिकलका विद्यार्थी 23 बर्से निर्भया 16 दिसम्बरको राती अफ्नो साथीसित फिल्म हेरेर फर्किरहेकी थिइन्।
– उनी आफ्नो साथीसित एउटा बसमा बसेकी थिइन्। बसमा रहेका केही मानिसहरूलाई उसलाई झुक्याएर बसमा बसाएका थिए।
– 6 बदमाशहरूले निर्भयासित बर्बरतापूर्वक बसमा नै ग्याङरेप गरेका थिए। पछिबाट उ लगायत उसको साथीलाई पनि बसबाट फ्याँकिदिएको थियो।
– 13 दिनपछि स्वास्थ्यजाँचअवधि सिङ्गापुरमा निर्भयाको मृत्यु भएको थियो। देशभरि यो काण्डको विरोध भएको थियो।
– एक दोषी राम सिंहले तिहाड़मा फाँसी लगाएको थियो। अन्य चारविरुद्ध फाँसीको दण्ड सुनाइसकेको छ।
– घटनाको बेला नाबालिक एक आरोपीलाई सुधार गृह पठाइएको थियो। तीनवर्ष सजा काटेर अघिल्लो वर्ष दिसम्बरमा मुक्त बनेका थिए।

(एजेन्सी)

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया