राजमार्गमा आधाकल्चो कामः यातायात बाधित

विज्ञापन

  • उमेश परियार, राष्ट्रिय राजमार्ग-10. 5 मई/2017

हाइवेको मरम्मति साथै विभिन्न नयाँ कार्यहरू लिएर केन्द्र सरकारद्वारा अवण्टन गरिएको 35 करोडको कार्य विभागद्वारा हालै शुरू गरिएता पनि कतिपय ठाउँमा आधाकल्चो काम छोड्नाले यातायातमा धेरै असुविधा भइरहेको गुनासो प्रकाशमा आएको छ।

उन्तीस माईल छेउ बाटो धेरै साँघुरो भएको कारण दिनहुँ यातायातमा जाम सृष्टि हुने गरिरहेको घटना प्रकाशमा आएको छ। सर्वप्रथम उक्त ठाउँहरूमा विभागले कार्य गर्नु पर्ने हाइवेमा दिनहुँ वाहन हाक्ने चालकहरूको गुनासो यस सम्बन्धमा पिडब्ल्युडीका सह-अभियन्ता उत्तम प्रधानले बाघपुलदेखि कालिझोडा अनि रम्बीदेखी टिस्टासम्मका कार्य शुरू भइरहेको जनाए। कल्वर्ट अनि नाली निर्माण कार्यहरू पनि भइरहेको उनले जनाएका छन्।

यता 35 करोडको परियोजना अवधी बाघपुलदेखि रम्फुसम्मको विभिन्न ठाउँमा कल्वर्ट, नाला, कच्वाई, प्यारापेट, फलामको सुरक्षा बाँध, साँघुरो ठाउँमा बाटोको बढोत्तरी ,पेलाई, सुरक्षा देवल आदि रहेको उनले जनाए। यति हुँदाहुँदै पनि बर्खा लागेको कारण अन्य कार्यहरू गर्न समस्या हुने पनि उनले बताएका छन। यसका साथै उक्त परियोजना पछि हाइवेको सुधार हेतु 13 करोड रूपियाको अर्को परियोजना शुरु हुने पनि उनले जनाएका छन्। हाइवेलाई बढोत्तरी गरेर डबल लाइन बनाउन हेतु विभागले डिपिआर तयार गरिरहेको पनि प्रधान्ले थप जानकारी दिएका छन्।

एकातिर विभिन्न परियोजनाहरू आएता पनि हालसम्म उक्त मार्गलाई लिएर सहीरूपमा कार्य हुन नसकेको कारण यातायातमा धेरै असुविधा भइरहेको स्थानीय क्षेत्रवासीले बताएका छन्। निर्माण कामहरू ठेकेदार मार्फत गरिने हुनाले कतिपय ठाउँका कामहरू आधाकल्चो छोडेकोले वाहनहरू एकार्कामा पास हुन पनि नसक्ने स्थितिमा रहेको छ, जसले गर्दा दैनिक रूपमै यातायातमा जाम भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया