वेपत्ता दीपेश दिल्लीमा भेटियो

विज्ञापन

  • उमेश परियार, राजमार्ग 10, 5 मई/2017

मादक पदार्थ ओसारपोसार गरेको आरोपमा पक्राउ परेपछि 20 अप्रेलदेखि वेपत्ता रहेका चालक दीपेश छेत्रीको पत्तो लागेको छ। परिवारसूत्रले बताए अनुसार दीपेश भागेर दिल्ली पुगेका छन्।

रम्बी पुलिसको नाका चेकिङ अवधी नशालु पदार्थसित पक्राउ परेका चालक दिपेश छेत्री पुलिसको हातैबाट भागेका थिए। त्यही दिनदेखि दीपेशको केही खोज खबर नहुँदा परिवार पक्षले रम्बी थाना विरूद्ध प्राथमिकी दर्ता गरेको थियो। दीपेशलाई परिवार समक्ष चाँडै उपस्थित गराइनु पर्ने मागमा जिल्लापाल समक्ष ज्ञापन पनि चढाइएको थियो।

दीपेशको खोजी निरन्तर चलिरहेको थियो। दीपेशको आमा कमला छेत्रीले बताएअनुसार हिजो बेलुकी 3 बजे छोराको फोन आएको थियो। दीपेशले फोन गरेर केहीदिनपछि घर आइपुग्ने जनाउ दिएका छन्।  छोरो भेटिएलगत्तै पुलिस विरूद्ध दर्ता गरिएको प्राथमिकी फिर्ता लिने उनले बताएकी छन्।

दीपेशको प्रकाउको दिनदेखि थानामा राखिएको गाडी पनि आज छोडिदिएको पुलिसपक्षबाट जानकारी प्राप्त भएको छ। थाना प्रशासनले यस सम्बन्धमा उच्च अधिकारीसित वैठक गरेर आगामी पहल निर्धारण गरिने बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया