डा. हर्कबहादुर छेत्रीले लगाए आरोपः तृणमूलले बोर्डको साटो माग्दैछ भोट

  • डी.के. वाइबा, कालेबुङ 5 मई/2017

नगरपालिकामा पहिलाको बोर्डमा बस्ने गोजमुमो पार्टीले के के काम गरेको छ, नगरवासिले के के सुविधा पाए? कि खातामा मात्रै विकास गऱ्यो, त्यसबारे आरटीआई गरेर सत्य उजागार गरिदिएको पनि उनले बताए।


जन आन्दोलन पार्टी अध्यक्ष, डा. हर्कबहादुर छेत्रीः फोटोः डीके वाइबा

डा. हर्कबहादुर छेत्रीले कल्चर एवम् डेभलभमेन्ट बोर्डहरूलाई ‘पोलिटिकल’ बोर्डको संज्ञा दिएका छन्। केही समय अघि मुख्यमन्त्री ममता व्यानर्जीले बोर्डहरूलाई लिएर आफ्नो पोलिटिल इन्ट्रेस नरहेको बताएकी थिइन्, तर त्यो झुट साबित भएको जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबबहादुर छेत्रीले बताएका छन्। ‘सरकारले यो पोलिटिक्सलाई नदेखोस् भनेर बोर्डको नाउँ अघाडी ‘कल्चर एन्ड डेभलभमेन्ट’ जोडिएको आज स्पष्ट बनेको छ’, छेत्रीले दैनन्दिनी समाचार च्यानलसित कुरा गर्दै भने, ‘कुनै पनि जातिको विकास गर्न गठन भएको विकास बोर्ड राम्रो छ तर बोर्डलाई राजनैतिक उद्देश्य पुर्तिका निम्ति गठन गर्नु दुर्भाग्यजनक हो।’

विकास बोर्डलाई चुनाव प्रचारमा उतार्नु राजनीतिमा पनि सबैभन्दा तल्लो स्तरको राजनीति मान्ने डा. छेत्रीले तृणमूल कङ्ग्रेसले बोर्डको साटो भोट मागिरहेको आरोप लगाए। उनले विकास बोर्डका नेतृत्ववर्गलाई चुनाव प्रचारमा उतार्ने कुरा अघि आएको सन्दर्भमा दुःख व्यक्त गर्दै अब विकास बोर्ड पूर्णरुपले राजनैतिक बोर्ड रहेको प्रमाणित भएपछि भोलिको दिनमा सरकारले राजनैतिक उद्देश्यपुर्तिका निम्ति बोर्ड सम्बन्धमा कुनै पनि राजनैतिक निर्णय लिनसक्ने पनि डा. छेत्रीले बताएका छन्।

‘उसै त जीटीए पनि एउटा बोर्ड नै हो। पहाडको बिकासका निम्ति गठन गरिएको विकास बोर्डले जनताले हितमा बिकास कार्य नगरेपछि जातगत बोर्ड सरकारले बनाएको हो। जीटीएले विकास त गरेन नै तर भोट पनि उनीहरूलाई नदिने भएपछि सरकारले आखिरमा विकास बोर्डलाई नै आधार बनाएर बोर्ड दिएर भोट माग्ने राजनीति गरेको नगरपालिका चुनावले प्रस्टै बनायो,’ छेत्रीले थपे, ‘त्यसो हो भने जनताले कसलाई चुन्ने हुन् त्यसको सही निर्णय गर्ने सही समय यही हो।’

उनले कुराकानीकै क्रममा गोजमुमो अनि तृणमूल कङ्ग्रेस दुवै राजनैतिक दलले जनताको पैसालाई पूर्णरुपले दुरुप्रयोग गरेको आरोप लगाएका छन्। नगरपालिका चुनावको मुखैमा कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा नै नगर प्रशासनको पक्षबाट एक-एकवटा मैला फ्याँक्ने ढ्वाङ निर्माण गरेको अनि प्रत्येक ढ्वाङ निर्माणको कार्य तृणमूल कार्यकर्ताहरूले पाएको आरोप पनि लगाएका छन्।

‘एक लाख लागतको मैला फ्याँक्ने ढ्वाङ नगरपालिका चुनाव आउन अघि कसरी बनियो? त्यस मैला फ्याँक्ने ढ्वाङ निर्माणको कार्य कसरी तृणमूल कार्यकर्ताहरूले मात्रै पाए?,’ उनले प्रश्न उठाए, ‘यो संयोग होइन भोट बटुल्न गरिएको सुनियोजित कार्य हो।’

जीटीएको सत्ता सम्हाल्ने गोजमुमो पार्टीले पनि जनताको पैसा उसरी नै दुरुप्रयोग गरेको आरोप डा. छेत्रीले लगाएका छन्।  उनले नगरपालिकामा पहिलाको बोर्डमा बस्ने गोजमुमो पार्टीले के के काम गरेको छ, नगरवासिले के के सुविधा पाए? कि खातामा मात्रै विकास गऱ्यो, त्यसबारे आरटीआई गरेर सत्य उजागार गरिदिएको पनि उनले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया