तीनधारे क्षेत्रमा गोरामुमो पार्टीलाई पुन: स्थापना गर्ने गोरामुमो नेता लक्की गुरुङको निधन

खरसाङ, 15 दिसम्बर: गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सदस्य एवं गोरामुमो तीनधारे सुकना समष्टिका उपाध्यक्ष लक्की गुरुङको निधन भएको छ। तीनधारे क्षेत्रमा गोरामुमो पार्टीलाई साङ्गठनिक रुपमा सशक्त पारेर लानु अनि २००७ देखि गोजमुमोको आन्दोलनले गर्दा ब्याकफुटमा गएको गोरामुमो पार्टीलाई तीनधारे क्षेत्रमा थेकेर राखेका थिए।

तिनले नै गोरामुमो पार्टीलाई तीनधारे क्षेत्रमा पुन: स्थापना गर्न मुख्य भूमिका निभाएका थिए। तिनी केही समयदेखि किड्नी रोगले ग्रसित थिए। तिनको निधन गत बिहीबार बिहान 6.05 बजी सिलगढीको एउटा निजी अस्पतालमा निधन भयो। तिनले आफुपछि पत्नी, छोरा बुहारी र नातिहरु छोडीगएका छन्।

तिनको अन्त्येष्टि कार्य आगामी २५ दिसम्बरमा तीनधारेस्थित महात्मा गांधी हलमा हुने भएको जानकारी गोरायुमो खरसाङ ब्राञ्च कमिटीको उपाध्यक्ष सङ्ग्राम घतानीले दिएका छन्। लक्की गुरुङले १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा पनि सक्रिय भूमिका निभाएका थिए।तिनले त्यसबेलादेखि नै जाति र माटोको लागि योगदान दिन्दै आएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares