भूपाल सुब्बाको ‘अन्तर्कथा’ सार्वजनिक

विज्ञापन

पवन नामदुङ/ध्रुव चौहान, धजे , 5 मई/2017


पुस्तकमाथि टिप्पणी राख्दै कवि सुमन वान्तवाः फोटोः पवन नाम्दुङ

धजे उच्चत्तर माध्यमिक विद्यालयमा कथाकार भूपाल सुब्बाको कथा सङ्ग्रह ‘अन्तर्कथा’-को विमोचन भएको छ। समारोहमा मिरिक, सुके पोखरी, साङमा, टर्जम, मलट, मङ्गरजुङ्ग, नागरी, धजेबाट साहित्यकारहरूको विशेष जमघट रहेको थियो। यस समारोहको अध्यक्षता यसै विद्यालयका प्रधान अध्यापक एम. थापाले गरेका थिए।

‘साहित्य सुनौँ’ मिरिकका अध्यक्ष कमला राई विशिष्ट अतिथि, ‘साहित्य सङ्गम’ मिरिकका अध्यक्ष दधिराम घिमिरे, अमर दुङमाली, गणेश बराइली, केसाङ लामा, महेन्द्र स्याङबो, मदन ओझा, अर्जुन प्रधान आदिको उपस्थिति रहेको थियो।

कृति सार्वजनिक भेपछि चर्चित कवि समन वान्तवाले कृतिमाथि आफ्नो टिप्पणी राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया