बलात्कारको आरोपमा डन पक्राउ

विज्ञापन

  • नाम्ची खबरदाता, 5 मई/2017

52 वर्षीया महिलालाई पछिल्लो करिब एक वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको आरोपमा नाम्ची पुलिसले एकजना 39 वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

अप्पर चुम्लोक निवासी आरोपी डन छिरिङ लेप्चाले पीड़ितालाई आफूसित भएको प्रताड़नाको कुरा कसैलाई भनेको खण्डमा मार्ने धम्की दिने गरेको बताइन्छ। पछिल्लो हप्ता पनि आरोपीले महिलालाई हवसको शिकार बनाएका थिए।

समाजको डर र लाजलेगर्दा पीड़ित महिलाले आफूसित भएको कुकृत्यलाई सहेर बसेका थिए। तर, अत्याचार अतिनै बढ़ेर गएपछि हिम्मत गरेर हिजो उनले नाम्ची थानामा प्राथमिकी दर्ता गरेकी थिइन्। पीड़िताको प्राथमिकीमाथि तत्काल कार्यवाही गर्दै पुलिसले आरोपीलाई भारतीय संविधानको धारा 376 र 506अन्तर्गत पक्राउ गरेर कानूनी कार्यवाही शुरु गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया