उठायो फेरि बोडोल्याण्ड आन्दोलनले शिर: पूर्वोत्तरगामी रेल रोको अभियान जारी

Girl in a jacket

असम, 19 दिसम्बर: अलग राज्य बोडोल्याण्ड निर्माणको मुद्दाले घरि-घरि पूर्वोत्तर भारत प्रभावित हुने गरेको छ। निकै पुरानो बोडोहरूको यो माग भारत सरकार मान्न तयार छैन। आन्दोलनकारीहरूले आज बिहानदेखि नै पूर्वोत्तरगामी सबै रेलहरू रोकिदिएको खबर छ।

असम बङ्गाल सीमाको कोक्राझाड़ (असम)-मा बोडोल्याण्ड आन्दोलनकारीहरूले एनजेपीबाट पूर्वोत्तर जाने समस्त रेलहरू रोकेर रेल परिवहनमा अङ्कुसे लगाएर सरकारको ध्यानाकर्षण गर्न खोजेको छ।

यस आन्दोलनले गर्दा यात्रीहरू अप्ठ्यारोमा परेका छन्। खबर लेखुञ्जेल बिहानैदेखि शुरू भएको अहिलेसम्म बोडो रेल रोको आन्दोलन चलिरहेको छ।

रोकिएका मुख्य रेलहरू – • कामरूप एक्स्प्रेस • सराइघाट एक्सप्रेस • उत्तरबङ्ग एक्स्प्रेस • दार्जीलिङ मेल • पदातिक एक्स्प्रेस • लोकमान्य तिलक एक्स्प्रेस • गान्धीधाम एक्स्प्रेस • नहरलुगान एक्स्प्रेस

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया