ईसाइ एकताको निम्ति बैठक

विज्ञापन

  • खरसाङ खबरदाता, 5 मई/2017

राष्ट्रिय स्तरमा ईसाइहरुलाई एक गराउन घुममा राष्ट्रिय ईसाइ महासङ्घले बैठक गरेको छ। पास्टर माइकल गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा राष्ट्रिय उपाध्यक्ष पास्टर उदय पोर्तेलको विशेष उपस्थिति थियो।  ईसाइ एकताको निम्ति आज नै जीटीए क्षेत्रको लागि कमिटी गठन गरिएको छ।

जीटीए स्तरीय कमिटीमा सभापति पास्टर माइकल गुरुङ, उप सभापति पास्टर पावल योञ्जन, पास्टर मेघनाथ परियार, सचिव डा० छत्र सुब्बा पावल, सह सचिव पास्टर पिटर शाकोम लेप्चा, पा० सुरज सापकोटा, कोषाध्यक्ष पा० रोदन थापा, सह कोषाध्यक्ष पा० जोहन विश्वास तामाङ , प्रवक्ता पा० जोसेफ बम्जन, प्रचार प्रसार सचिव हनोक थापा, प्रमुख सल्लाहकारहरु पा० आनन्द राई, पा० अनुप राई, पा० प्रशान्त थापा, पा० प्रमोद प्रमदेल लगायत ९ जनाको कार्यकारी सदस्यहरू पनि चयन भएका छन्।

सभामा राष्ट्रिय उपाध्यक्ष पास्टर उदय पोर्तेलले राष्ट्रिय ईसाइ महासङ्घबारेमा विस्तृत रूपमा बताउँदै यसको नियम, सदस्यता, उद्देश्यबारे जानकारी गराए।  सभामा रेभ० डा० छत्र सुब्बा पावलले बाइबलबाट शिक्षा दिँदै ईसाइहरू एकताको साथ अघि बढ्नु र एकताको लागि नम्र हुनुपर्ने बताए। भामा कालेबुङ, खरसाङ, मिरिक, दार्जिलिङ, सोनादा, तीनधारे क्षेत्रमा ईसाइ अगुवाहरु उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया