मोर्चाको घोषणापत्र सार्वजनिकः ल्यायो विकासको 25 बुँदा

विज्ञापन

  • कालेबुङ खबरदाता, 5 मई/2017

घोषणा पत्रको एक नम्बरमा पार्टीले कालेबुङ शहरको पिउने पानीको समस्या समाधान गर्ने उल्लेख गरेको छ। यस अन्तर्गत नेउराबाट थप पिउने पानी ल्याउने, वितरण प्रणालीमा सुधार ल्याउने साथै रेली खोलाको पानी पम्प गरेर ल्याउने बताइएको छ।


गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला कमिटीले आज कालेबुङ नगरपालिका चुनाउको घोषणा पत्र सार्वजनिक गरेको छ। २५ बुँदे घोषणा पत्र जीटीए उपप्रमुख कर्णल रमेश आले,  केन्द्रिय उपाध्यक्ष कल्याण देवान, विधायक सरिता राई, सभासद् आर. बी. भुजेल आदिको बाहुलीबाट पार्टी कार्यालयमा सार्वजनिक गरिएको थियो। घोषणा पत्रको एक नम्बरमा पार्टीले कालेबुङ शहरको पिउने पानीको समस्या समाधान गर्ने उल्लेख गरेको छ। यस अन्तर्गत नेउराबाट थप पिउने पानी ल्याउने, वितरण प्रणालीमा सुधार ल्याउने साथै रेली खोलाको पानी पम्प गरेर ल्याउने बताइएको छ।

कालेबुङमा रहेको ट्राफिक जामको समस्या समाधान गर्न साथै गाडी पार्किङको समस्या सुल्झाउन नोभेल्टी हल छेउमा निर्माणाधिन रहेको बहुतले पार्किङ बिल्डिङ यथाशीघ्र पूरा गर्ने कुरालाई घोषणा पत्रमा दोस्रो प्राथमिकता दिएको छ। शहरमा जनसाधारणको निम्ति फ्लाइओभर निर्माण गर्ने, डम्पिङ ग्राउण्डलाई अझ क्षमतावान बनाउने, सर्वसाधारण अनि पर्यटकको निम्ति  वाईफाई सुविधा प्रदान गर्ने, जमीनको मालिकना हक नभएका नगरपालिका क्षेत्रका मानिसहरूलाई उक्त हक प्रदान गरिने, साहित्य-संस्कृति-कलाको सम्बर्द्धन गर्न प्रतिष्ठान निर्माण गर्ने आदि कुराहरू घोषणा पत्रमा अन्तर्भुक्त गरिएको छ।

गोजमुमोले अन्य राजनैतिक दलहरूले कालेबुङवासीलाई करोडौंको विकास ल्याएर देखाउने गरेको बयानबाजी भने झुटो रहेको दाबी घोषणा पत्रमा नै गरेको छ। अन्य राजनैतिक दलहरूको घोषणा झुटो अनि अपत्यारिलो रहेको पनि घोषणा पत्रमा उल्लेखित छ।

आज पार्टी कार्यालयमा घोषणा पत्र सार्वजनिक गरेपश्चात गोजमुमो पार्टीको २२ जना उम्मेद्वारहरूलाई जीटीए उपप्रमुख रमेश आले अनि गोजमुमो उपाध्यक्ष कल्याण देवानले खदार्पण गरेर शुभकामना पनि व्यक्त गरेका थिए।

कार्यक्रममा १० नम्बर वार्डका उम्मेद्वार तथा गोजमुमो पार्टीका चुनाव संयोजक शुभ प्रधानले घोषणा पत्रमा के-कस्ता कुराहरू समावेश गरिएको छ त्यसबारे जानकारी गराएका थिए भने सभासद सामुएल गुरूङले चुनाउ अनि घोषणा पत्रबारे बोल्दै अहिले जातिलाई विभाजन गर्ने नीति लिएर कतिपय राजनैतिक दलहरूले कार्य गरिरहेको अनि यसको विरोधमा जनताले एकबद्ध बनेर मत खसाल्नुपर्ने आवश्यक्ता रहेको बताएका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया