अन्टार्कटिको हिउँ युएईमा पानी

  • एजेन्सी, 5 मई/2017

सुन्दा तपाईँहरूलाई अचम्म लाग्ला। तर सत्य हो। अन्टार्कटिकाको आइसबर्ग अब युइईमा पिउने पानी बन्नेछ। युइई विश्वकै 10 सबैभन्दा सुकौरो क्षेत्रहरूमा एउटा हो। यहाँ प्रतिदिन पानीको सङ्कट विकराल बन्दैछ। यस्तै रहे आउँदो 25 वर्षभित्र युइई यतिविध्न सुक्खा बन्नेछ, जहाँ जीवनयापन अत्यन्त गाह्रो बन्नेछ।

यसैले यो समस्याबाट निजात पाउन संयुक्त अरब अमीरातमा अन्टार्कटिकाको आइसबर्गको सहयोग लिने सोच बनाएको छ। यहाँको एउटा कम्पनीले यो सोच अघि राखेर योजना तयार पारिरहेको छ। सम्भावतः आउँदो वर्षदेखि यो कार्य थालिनेछ। युएईदेखि अन्टार्कटिका प्रायः 10 हजार किलोमिटर टाढ़ा छ, जहाँबाट तानेर आइसबर्ग ल्याइनेछ। र, पग्लाएर खाने पानीको रूपमा प्रयोग गरिनेछ।

कम्पनीका मालिकअनुसार यो कार्य सोचेजस्तो सहज भने छैन। ‘‘यो योजना 2018 –मा शुरू हुनेछ। एउटा आइसबर्ग युएईसम्म ल्याइपुऱ्याउन प्रायः एकवर्ष लाग्नेछ’’, कम्पनीका मालिक भन्छन्। उनीअनुसार आइसबर्गलाई ससानो टुक्रामा काटेर बक्समा भरिनेछ। त्यसपछि सूर्यको तापले पग्लाएर त्यसबाट निस्किएको पानी छुट्टै ट्याङ्कीमा जमा गरी प्युरिफाई गरी खाने पानीमा उपयोग गरिनेछ।

रिपोर्टअनुसार हरदर एक आइसबर्गमा 20 बिलियन ग्यालेन पानी निस्किनेछ र यति पानी युएईका मानिसहरूका लागि पर्याप्त हुनेछ। उसैपनि युएईको जनसंख्या धेरै छैन। यति मात्र होइन आइसबर्गलाई समुन्द्र तटको किनार राखिए, यसले यहाँको वातावरण पनि शितल हुनेछ। यसले पानी पर्ने सम्भावनालाई पनि बढ़ाउनेछ। अहिलेसम्म युएईमा प्रतिवर्ष 100 मिमी पानी पर्दछ, जुन अपर्याप्त छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन