एसआईको पहलमा बनिँदैछ सडक

विज्ञापन

  • मङपु खबरदाता, 5 मई/2017

मङपुमा आउट पोष्ट त थियो तर त्यहाँसम्म  पुग्ने बाटो नै थिएन। यही समस्या सामाधान गर्न एसआई एमएस हुसैन अघि सरेका छन्।  कुनै दुर्घटना वा अपपराधिक घटना भएर पुलिस कसरी क्षेत्रमा पुग्ने? मुख्य समस्या यही थियो।

अङ्ग्रेजको पालोदेखि नै यहाँको सिन्कोना बगानको अमुल्य सम्पतिहरुको निगरानी राख्न एउटा क्याम्प बनाएर राखिएको आउट पोस्टले विगत २००७ मा सरकारी मान्यता पाएको हो। यहाँ यतिका वर्षसम्म थुप्रै आउट पोस्ट प्रभारीहरु आउँदै गए तर बाटोको समस्यातिर कसैको ध्यान गएन।  २०१४ सालमा आउटपोस्ट प्रभारी भएर आएका पुलिस एसआई एम हुसैनलाई भने समस्या खट्कियो। उनले चारैतिर गुहार लगाएर आउटपोस्टसम्म पुग्ने सडक बनाउन काम थालेका छन्।

उनी आएदेखि यता मङपुमा अपराधिक घटनाहरू धेरै कम भएको मङ्पुवासी मान्छन्। उनी आएपछि नै कतिपय नियममा परिवर्तन अनि विकाश कार्य भएको छ। सम्पूर्ण गाउँहरूमा पुलिस सहायक कमिटीहरु गठन गरिएको छ। ट्राफिक व्यवस्थामा सुधार ल्याउन, अप्रिय घटनाहरु रोक्न नालीडाँडामा औपचारिक ट्राफिक कन्ट्रोल गर्दै पुलिस ड्युटी गरिन थालिएको छ। उनकै पहलमा स्लो ड्राइभ सेफ लाइफ-को नारा सहित हेल्मेट लाएर मात्र दुईचक्के बहान चलाउने नियम लागु गरिएको छ। सार्वजनिक स्थलहरुमा नो स्मोकिङ जोनहरू घोषणा गरिएको छ।

उनकै पहलमा भइरहेको सडक निर्माण कार्यमा सिन्कोना निर्देशकको पनि स्वीकृति रहेको छ। सडक खन्न निर्माणाधीन आइटीआईको कन्ट्राकटरहरुले जेसीबी प्रदान गरेका छन्। ढुङ्गा, बालुवा आदि लोकल ट्रक मालिकहरूले सघाएका छन्। सिविक पुलिस अनि भिलेज पुलिसहरू पनि बाटो बनाउन खटेका छन्।  बगानपक्षबाट पनि मजदुरहरू उपलब्ध गराइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया